Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: शनिबारबाट रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु भएको छ । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुनुपर्ने हो । पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ । शनिबार ४७ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । ‘पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ,’ भुसालले भने,’घटनाको प्रकृति हेरेर मुद्दा दायर गरिनेछ…

Read More

काठमाडौँ: नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेट ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। आर्मीले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेटायो। अमित श्रेष्ठले ४० बलमा ६ चौका र २ छक्कासहित पुलिसको जितको आधार तय गरेका थिए। यस्तै ओपनर सुनिल धमलाले अन्त्यसम्म खेल्दै पुलिसको एकतर्फको विकेट सम्हाले। १ सय ३१ बल खेलेका धमलाले नटआउट ४२ रन जोडे। यस्तै कप्तान मन्जित श्रेष्ठ ११ रनमा नटआउट रहे। पुलिसले अर्का ओपनर अनिलकुमार साह(२)लाई दोस्रो ओभरमा…

Read More

काठमाडौँ: आठ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ । अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय भाईसँग घरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि सम्पर्कविहिन भएका थिए । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा भेटेको थियो । तर, शिशिरलाई भने भेटाउन सकिरहेको थिएन् । चार–पाँच दिनदेखि सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिबार दिउँसो शिशिरको शव फेला पारेको हो । केही दिन अगाडि नै…

Read More

काठमाडौँ: बजेट भाषणका बेलामा उत्साहित बनेका लगानीकर्ता बजार घटेपछि निराश बनेका छन्। यो साता शेयर बजार २१.०८ अंकले घटेको छ।साताको पहिलो दिन १३०५ अंकमा रहेको सूचक अन्तिम दिन बिहीबार १२८४.५९ अंकमा ओर्लियो। यो शेयर बजारमा चार दिन कारोबार भयो। कारोबार भएको चारै दिन बजारमा गिरावट देखियो। यस साता लगातार बजारमा आएको गिरावटले सूचक सँगै कारोबार रकम समेत ३६.३७ प्रतिशतले घटेको छ। यो साता दुई अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार रकम घटेसँगै बजार पूँजीकरणमा समेत संकुचन देखिएको छ। अघिल्लो साता १६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता १५ खर्ब ९६ अर्ब…

Read More

काठमाडौँ: बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए । दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो । व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्…

Read More

काठमाडौं: सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो । २१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको छ । त्यस्तै, टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ । विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकामा दूतावास हटाउन तथा…

Read More

काठमाडौँ: भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ। धावनमार्ग निर्माण सम्पन्न भएपनि टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि यही जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाउने भएको छ। यसका लागि आयोजनाले सिफारिस गरिसकेको छ। ठेकेदारले आयोजनासमक्ष केही समय माग गरेको र सोहीअनुसार आयोजनाले नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरिसकेको छ। २०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमै सम्मपन्न गर्नुपर्ने थियो। यसअघि २ पटक समय थप गर्दै ठेकेदारले यही असार १५…

Read More

एजेन्सी: चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौँमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए । हङकङ गएर पैसा कमाउने र…

Read More

काठमाडौं : वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ। नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ। ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ। वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो।…

Read More

काठमाडौं: सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ । यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए । स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी…

Read More