Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो। विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै…

Read More

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ। संगठनको निर्णय विपरित माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारवाही गरेको हो। निष्काशित हुनेहरुमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र धुब रावल रहेका छन्।

Read More

काठमाडौँ:नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि र२१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो।…

Read More

काठमाडौँ:नेपाल प्रिमियर लिगबाट लुम्बिनी लायन्स बाहिरिएको छ। काठमान्डु गुर्खाजसँग हारेसँगै लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना सकिएको हो। हारेको लुम्बिनीको ६ खेलबाट २ अंक मात्रै हुँदा जितेको काठमान्डुको ४ खेलबाट ४ अंक भएको छ। लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन। प्लेअफ सम्भावना जीवितै राख्न काठमान्डुका कप्तान करण केसीले टस जितेर रोजेको ब्याटिङ सही साबित भयो। काठमान्डुले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १०३ रन मात्र जोडेपछि सामान्य लक्ष्य पछ्याए पनि लुम्बिनीको पनि ब्याटिङ चलेन। लुम्बिनीका नटआउट रहेका सूर्य तामाङले ११ (१४) रन बनाए। यसबाहेक अभिशेष गौतम ० (१), रेमन साइमन्ड ० (२), विवेक यादव २ (८), साद बिन…

Read More

काठमाडौँ: पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पठाइएको छ। पर्सा जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौँ हुँदै विमानमा पोखरा पठाइएको हो। यसअघि उनलाई बाराको सिमराबाट काठमाडौँ ल्याइएको थियो। अहिले उनलाई पोखरा पठाइएको हो। पर्सा प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलाको रोहवरमा लामिछानेसँग बयान लिएको थियो। वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे…

Read More

काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा आएर जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ। बुधबारको पहिलो खेलमा सुदूरपश्चिमसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुँदै जनकपुरले पहिलो हार भोगेको हो। जनकपुरले पहिलो हार भोगेको दिन सुदूरपश्चिमले भने लिगमा चौथो जित निकालेको छ। योसँगै अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले समान एक खेलमा हार र चार खेलमा जित निकालेका छन्। जितसँगै सुदूरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ। पराजित जनकपुरको पनि समान खेलबाट ८ अंक छ। यो जितपछि सुदूरपश्चिमले जनकपुरसँग अंकतालिकाको शीर्ष स्थान खोसेको छ। सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो।…

Read More

काठमाडाैँ: नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हाे । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो । मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको थियो।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि अन्योलमा रहेको विधान संशोधन प्रक्रिया टुंगोमा पुर्‍याएको छ। महासंघको विशेष साधारण सभाबाट विधान संशोधन गरिएको हो। यसअघि कार्यसमितिभित्र नै विवाद भएको कारण विधान संशोधन प्रक्रियाले पूर्णता पाउन नसकेको अवस्थामा अध्यक्ष ढकाल सर्वसम्मत विधान संशोधन गर्न सफल भएका छन्। ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो महासंघ, यसको विधान संशोधन सर्वसम्मत ढंगले गरिनुले निजी क्षेत्र बीचको एकताको प्रतिनिधित्व गर्छ,’ अध्यक्ष ढकालले भने, ‘महासंघलाई थप बलियो बनाउने सवालमा विधान संशोधनले महत्त्वपूर्ण अर्थ लाग्ने छ।’ महासंघले अहिले मुख्यतय तीन वटा विषयमा विधान संशोधन गरेको छ। संशोधित विधान अनुसार अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने भएको छ। हाल वरिष्ठ उपाध्यक्ष नै…

Read More

काठमाडौं । सत्तारुढ दल नेपपा एमालेले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ । ‘यो परिणामलाई हामीले गम्भीरतापूवर्क लिएका छौं,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौं ।’

Read More

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव) देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो । अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज हुनुपर्ने माग राखेका थिए । सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायत प्रयोग गरेबापत सेवा शुल्क बढेको छ । नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि उनीहरूले भ्याट तिर्नुपर्ने भएको थियो । त्यसरी यी कम्पनीले प्रदान गर्ने…

Read More