Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिए । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ । पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ…

Read More

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

Read More

काठमाडौं । नेकपा एमालेले विपद् कोषमा पार्टीको तर्फबाट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । होटल बसेरामा बसेको सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए । उनले पार्टीका संघ र प्रदेशका सांसदहरुलाई सहयोग गर्न आग्रह गर्ने निर्णय भएको बताए । पार्टीले यअसघि नै सबै कार्यक्रम रोकेर नेता कार्यकर्तालाई उद्धार, राहतमा परिचालन गरिसकेको बताए ।

Read More

काठमाडौँ । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

Read More

काठमाडौँ । बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो । यस्तै घाइते १४२ र बेपत्ता २९ जना रहेका छन् ।खोज तथा उद्धारको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ । अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए…

Read More

काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

Read More

काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता हरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । ‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए । ‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा…

Read More

काठमाडौं: इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।चारवटा टावरमध्ये बाढीले ५१ र…

Read More

तिमिल्सिनालाई भने ६ महिना कैद काठमाडौं । सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकेको छ । सर्वोच्चको वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ । युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ । सीधा कुरा अनलाइनलाई…

Read More