Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले बताइन्। ‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’ उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार थालिसकेको छ भने नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुग्दैछ। शुक्रबार दिउँसो पौने २…

Read More

रासस भक्तपुर : आज दिउँसो १ः ४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो । सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक…

Read More

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले बताए ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत…

Read More

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरककाे स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् । ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि…

Read More

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।उ:

Read More

काठमाडौँ:भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ। बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवार व्यक्ति ट्रकमा च्यापिएको प्रहरीको भनाइ छ। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ ट्रकले ठक्कर दिएको हो। ती व्यक्तिलाई निकाल्न क्रेनको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। घटनास्थलमा क्रेन पुगिसकेको छ। घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।

Read More

काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ हजार बिन्दुमा पुगेको छ । बिहीबार ४३.०५ अंकले बढेर नेप्से ३०००.८१ बिन्दुमा पुगेको हो । आज १०५ कम्पनीको सेयरमूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ । आज सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ। आज ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जुन हालसम्म कै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको…

Read More

काठमाडौँ:गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी बुधबार दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बाढीपहिरोले काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली…

Read More

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य छ । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ । सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता…

Read More