Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। झुट्टा तथा नक्कली बिजक तयार गरी राजस्व छल्ने सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ। भट्टराई र कार्कीले निम्न आर्थिक अवस्था भएका व्यक्तिलाई आर्थिक…
काठमाडौं: सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शुक्रबार व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको उनले प्रष्टीकरण दिएका थिए। आज बिहान संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलेको थियो । छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए । जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाए । ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो…
काठमाडौं: सर्लाहीको लालबन्दीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको सम्बन्धमा सत्तारुढ दलकै सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ । यसै सम्बन्धमा प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै नेकपा सांसद शिवकुमार मण्डल केवटले भने– ‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन । त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’ विप्लव राजनीतिक समूह भएकाले वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ । ‘निशस्त्र…
काठमाडौं: पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा लगानी भित्र्याउनको लागि भारतसँग लगानी सुरक्षण सम्झौता (बिप्पा) गर्न फेरि प्रस्ताव गरेका छन् । विगतमा आफूले बिप्पाको कुरा गर्दा साथीहरूले नमानेको स्मरण गर्दै बिप्पा सम्झौता गर्न ढिला गर्न नहुने उनले बताए । प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर पूर्व प्रधानमन्त्री भट्टराईले भारत र चीनबाट लगानीकर्तालाई आकर्षित गरेर नेपाललाई २ देशबीच गतिशिल पुल बन्नुपर्ने बताएका हुन् । सुगौली सन्धीदेखि निरन्तर रुपमा भारतसँग पराधिनता र व्यापार घाटा बढिरहेका कारण व्यापार घाटा कम गर्न लगानी भित्र्याउने नीति लिन उनले सरकारलाई सुझाव…
रसुवा: निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार ६ चिनियाँ नागरिकसहित १७ कामदारलाई शुक्रवार बिहान ७ बजेभित्र बाहिर निकालिएको छ । बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात् स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको ढकालले जानकारी दिए । बिहीवार साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुंगा झरिरहेकाले शुक्रवारका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गराइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको…
काठमाडौँ: नेपाल प्रहरीको बहालवाला डीएसपीको युनिफर्म लगाई व्यक्तिहरुबाट अनावश्यक फाइदा लिने कार्य गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफुले लगाएको प्रहरीको बर्दीको फोटो मोबाईलमा राखि प्रहरी अधिकृत हुँ भनि विभिन्न व्यक्तिहरूलाई धाक-धम्कि देखाई सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार-पछार समेत गरी अभद्र व्यवहार गर्ने कार्यमा संलग्न भएको आरोप नारायण गौतमलाई पक्राउ गरिएको छ । अपराध महाशाखाको टोलिले उनलाई ५ गते का.जि.बौद्ध नयाँवस्तिबाट पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ, प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकरी दिए । पक्राउ पौडेल जि.काभ्रे,साविक धुसिनिसिवालय गा.वि.स.वडा नं.०३ का स्थायी बासिन्दा हुन् ।
काठमाडौँ: गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन् । अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ । नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन् ।…
काठमाडौँ: उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् । कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन…
काठमाडौँ: भक्तपुर-सूर्यविनायक नगरपालिका वडा नम्बर १० को पलासेस्थित काठमाडौं फन भ्यालीले स्थानीय खोला प्रदुषण गरेको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् । विहिबार दिउँसो वडा नम्बर १० को कार्यालयमा पुगेर उनीहरुले वडा अध्यक्ष शिवराम राउतलाई ‘कारवाही गरी पाउ’ भन्दै उजुरीपत्र बुझाएका छन् । १ सय ४५ जना स्थानीयहरुले हस्ताक्षर गरेको पत्रमा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० का स्थानीयहरुले हस्ताक्षर गरेको देखिन्छ ।उनीहरुले ज्ञापनपत्रमा भनेका छन, ‘फ्न भ्यालीले बोरिङ्ग गरेको भएपनि हाल आएर स्थानीय कुसिङ्ग खोलामा ठुलाठुला खाल्डो खनेर पानी तान्ने गरेकाले सो तत्कान रोक्नुपर्दछ ।’ साथै खोलोको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग…
काठमाडौँ: सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो । ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्य्दिशामा देखिन थालेको अन्योल हटेर जान्छ ।’ प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक कार्य्दिशाबारे नेताहरूबीच असमझदारी देखिएको छ । नेकपाले पार्टी एकतापछि अन्तरिम कालका लागि ‘जनताको जनवाद’ लाई कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो । रणनीतिक लक्ष्य समाजवाद…