काठमाडौँ: नेपाल प्रहरीको बहालवाला डीएसपीको युनिफर्म लगाई व्यक्तिहरुबाट अनावश्यक फाइदा लिने कार्य गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
आफुले लगाएको प्रहरीको बर्दीको फोटो मोबाईलमा राखि प्रहरी अधिकृत हुँ भनि विभिन्न व्यक्तिहरूलाई धाक-धम्कि देखाई सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार-पछार समेत गरी अभद्र व्यवहार गर्ने कार्यमा संलग्न भएको आरोप नारायण गौतमलाई पक्राउ गरिएको छ ।
अपराध महाशाखाको टोलिले उनलाई ५ गते का.जि.बौद्ध नयाँवस्तिबाट पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ, प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकरी दिए । पक्राउ पौडेल जि.काभ्रे,साविक धुसिनिसिवालय गा.वि.स.वडा नं.०३ का स्थायी बासिन्दा हुन् ।