Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लोकसेवाकाे आयाेगले गरेकाे विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । शुक्रबार बिहान बोलाएको बैठकमा समितिका सदस्यहरुले लोकसेवाले माग गरेको विज्ञापन खारेज गर्न आयोगलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन्। सांसदहरुले मन्त्री पण्डित समितिप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। नेकपा सांसद जनार्जन शर्माले संवैधानिक अधिकार मिचिने क्रम बढेको र अराजकता बढेको भन्दै लोकेसेवाको विज्ञापन खारेज गर्न माग गरे। त्यस्तै नेकपाकै सांसद पम्फा भुसालले पनि विज्ञापन खारेज गर्न लोकसेवालाई निर्देशन दिनुपर्ने धारणा राखेकी छिन्।बैठकमा दिलेन्द्र वडू, डिला संगौला, राजेन्द्र श्रेष्ठ, प्रेम…

Read More

काठमाडौँ: पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

Read More

काठमाडौँ: भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए । हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते…

Read More

काठमाडौँ: यातायात व्यवस्था विभागले दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरहरुलाई कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्राचार गरेको छ । यसअघि विद्युतीय स्कुटर दर्ता गराएर चलाउनुपर्ने नियम थिएन । विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएको छ । ट्राफिक प्रहरी निर्देशनालयका एसएसपी बसन्त पन्तले विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने बताए । उनले विभागले दिएको समयसिमा सकिएपछि मोटरसाइकल र अन्य सवारीजस्तै ट्राफिकले विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने बताए । उनले भने, ‘समयमै दर्ता गरेर कागजपत्र लिन हामीले प्रचारप्रसार गर्दैछौं ।’

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब भएको तथ्य सार्वजनिक भएको छ । बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो । सर्वोच्च अदालतले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव स्वयं १५ दिनभित्र उपस्थित हुन भन्दै आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसनधान आयोगले काँग्रेसका नेता गोविन्दराज जोशी तथा उनका छोरा र भाञ्जाको नाममा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले जोशीलाई सफाई…

Read More

काठमाडौं: शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ बिन्दुले घटेको छ । नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात…

Read More

काठमाडौँ: नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा दोब्बर वृद्धि गर्न सक्ने विश्व बैंकको अनुमान छ । चालु आर्थिक वर्षमा देशको वृद्धिदर ७.१ प्रतिशत पुग्नसक्ने बैंकले जनाएको छ । उसले ‘नेपाल डिभलप्मेन्ट अपडेट’ को पछिल्लो संस्करणमा आर्थिक अवस्थााबारे सचित्र विवरण प्रस्तुत गरेको छ । मध्यअवधिसम्म ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने विवरणमा छ । सरकारले यस वर्ष चालु मूल्यमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने जनाउँदै आएको छ। आधारभूत मूल्यमा भने ६.८१ प्रतिशत वृद्धि हुने प्रक्षेपण सरकारको छ। सरकारले भनिरहेकै हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको हो। सेवा र कृषि क्षेत्रको आडमा अर्थतन्त्र वृद्धि हुने…

Read More

काठमाडौँ: धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् । पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को सुन पनि अभिलेखमा छैन । ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ ।’ उनका अनुसार मुचुल्का देखियो, लगत प्राप्त भयो तर सुनको मात्रा खुलाइएको छैन । सुन मूल ढुकुटीमा…

Read More

काठमाडौँ: भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् । नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ । त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ । भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए । शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन् । मोदीको शपथपछि भारतको ‘लुक इस्ट’…

Read More

काठमाडौँ: पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ । कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा बनेको समितिले पशुपतिनाथको स्वामित्वमा रहेको झन्डै ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको हो । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले छानबिनका क्रममा सो जग्गा पशुपतिनाथको नाममा रहेको…

Read More