Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएको छ। राष्ट्र बैंकलाई संघले दिएको सुझावमा स्प्रेड दर अरु नघटाउन भनिएको छ। यसअघिको नीतिमार्फत स्प्रेड दर ०. ५ प्रतिशतले घटाइएकाले अब थप नघटाउन संघले भनेको छ। सो नीतिले स्प्रेड दरको अधिकतम सीमा आगामी असार मसान्तसम्म साढे ४ प्रतिशतमा झारेको हो। बैंकहरुले पैसा जम्मा गरेवापत ग्राहकलाई दिने औसत व्याज र ऋण लैजानेसँग लिने औसत व्याजदरको अन्तरलाई स्प्रेड दर भनिन्छ। आधार दरमा २ प्रतिशत तरलता र संचालन लागत पर्ने भएकाले हालको स्प्रेड दर साढे ४ प्रतिशतबाट सो दर घटाउँदा साढे २ प्रतिशत मात्रै…

Read More

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ २० बैठक (जी २०) मा चिनियाँ राष्ट्रपतिसँग व्यापारिक सम्झौता नभए चीनको सामानमा अभैm कर वृद्घि गरिने चेतावनी दिएका छन् । उनले आगामी महिना जापानमा हुन लागेको जी २० बैठकमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरी व्यापारिक सम्झौताका लागि पहल गर्ने बताएका छन् । यही जुन २८ र २९ तारेखमा हुने जी २० बैठकमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भट्ने बताए पनि चीनयाँ पक्षबाट भने अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन । ट्रम्पले विश्वका ठूला अर्थ व्यवस्था भएका नेताहरुसँगको भेटवार्तापछि मात्र ३ खर्ब डलर चिनियाँ सामानमा कर लगाउने निर्णय गर्नेछन् । ट्रम्पले…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ । लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भयो । संसदको राज्य व्यवस्था समितिले पनि संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुर सर्वोच्च गएका थिए । बुधबार न्यायाधीश पुरुषोतम…

Read More

काठमाडौँ: शेयर बजार थप ३.५० अंकले घटेको छ। विगत ७ कारोबार दिनमा ६ कारोबार दिन बजार लगातार ओरालो लागिरहेको छ। मंगलबार शेयर बजार झिनो अंकले सुधार देखिएको थियो। बुधबार शेयर बजार बढ्ने अपेक्षा गरिए पनि घटेर १२७२.४८ अंकमा रोकिएको छ। बजार लगातार घट्न थालेसँगै कारोबार रकम पनि घट्दै जान थालेको छ। बुधबार दोस्रो बजारमा १७४ कम्पनीको ५० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। व्यापार, होटल र अन्य सूचकमा सुधार आए पनि बाँकी सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर ७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। विगतका दिनमा जस्तै सबै भन्दा…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत…

Read More

काठमाडौँ: वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो । उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हो । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ । ‘यो सोमबारको घटना हो । एक महिनाअघि अप्टिकल फाइबर काटिएको थिाये । अहिले पुनः सडक विस्तार भन्दै पाइप लाइनमा क्षति पुगेको छ ।’ पौडेलले भने,‘स्काभेटर लगाउँदा करिब ७ मिटर अप्टिकल फाइबरमा पुन क्षति भएको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले…

Read More

काठमाडौँ: मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ । ‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने । यो समाचार…

Read More

काठमाडौँ: प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले…

Read More

काठमाडौं : नेपाल र मौरिससबीच श्रम सम्झौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच मंगलबार राति सम्झौता भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको हो। सम्झौता अनुसार नेपाली कामदार बिना शुल्क आकर्षक गन्तव्य मुलुक मौरिसस जान पाउने भएका छन्। नेपाल र मौरिससबीच मंगलबार राति भएको श्रम सम्झौता अनुसार कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने तय भएको छ। श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार मन्त्री विष्ट र लेबनान र साउदी…

Read More

दार्चुला : नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो। ‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’, स्थानीय प्रतापसिंह ठगुन्नाले भने, ‘सोही मैदानमा बालबालिका खेल्दै थिए। ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परे।’ बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए। ‘माटोसहित बालबालिका ट्यांकीमा परेका रहेछन्। वर्षा भइरहेकाले बेलुका मात्रै शव निकाल्न सक्यौं,’ भट्टले भने। शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको…

Read More