Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको जानकारी दिँदै कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको जानकारी दिए । ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ। यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ’ अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम्…

Read More

काठमाडौँ: अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खाजेका थिए । अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न व्यवसायमा संलग्न अभिभावकलाई समेटिएको थियो । अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने देखाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीेले लेखेकी छिन् । अभिभावकले काममा व्यस्त रहेर बालबालिकालाई समय…

Read More

काठमाडौं : नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका(३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्‍चिम आठबिसकोट(४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका(६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका(१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी यस्तै आजको बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् । जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका(२ मा ना।७ ख ९४९३ नम्बरको ट्रक…

Read More

काठमाडौँ: आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा…

Read More

काठमाडौँ: तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ । बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको…

Read More

काठमाडौँ: दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद्भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वन गरेको छ । सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ । भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ । ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ । ठेकेदार कम्पनी छनोट भएपनि पनि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । यो समाचार…

Read More

काठमाडौँ: नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको अधिकारीले बताए ।

Read More

काठमाडौं: आइतबार अपरान्ह ४ बजेपछडी एकाएक काठमाडौंको सुरक्षा अवस्थामा ठुलै रिक्तता रहेको प्रमाणित भयो जव राजधानीमा कहिले बम पद्द्कियो त कहिले सिलिन्डर पद्द्कियो भनेर। घट्टेकुलोमा ग्यास सिलिण्डर बिस्फोट भन्ने खबर फैलिएको केहीबेरमा पत्ता लाग्यो, पड्किएको सिलिण्डर होइन, बम हो । एकजनाको घटनास्थलमै मृत्यु र एकजना घाइते भएको घटनामा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भयो । घटनास्थलमा विप्लवको पर्चा भेटिनु र ट्रमा सेन्टरमा उपचाररत घाइते रविन केसी विप्लव सम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष हुनुले केही प्रश्नहरु गम्भीर बनेका छन् । विद्यार्थीको कोठामा विस्फोटका सामग्री किन राखिएका थिए ? के त्यहाँ भाडामा कोठा लिएर बम बनाउने काम हुन्थ्यो…

Read More

काठमाडौँ: काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

Read More

काठमाडौँ: चामल किन्नमात्र मुलुकले हरेक महीना झन्डै ३ अर्ब रुपैयाँ खर्चने गरेको छ । धानको उत्पादन बढेपनि चामलको बढ्दो माग पुरा हुन नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो नौ महीनामा मात्र रू. २५ अर्ब ४७ करोडको चामल आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो आयात गत आवको सोहि अवधिको भन्दा १८.१ प्रशितले बढी हो । गत आवको नौ महिनामा रू. २१ अर्ब ५६ करोडको चामल आयात भएको थियो। तथ्याङ्क अनुसार गत वर्ष २०१८/१९मा रू. २८ अर्ब ९० करोडको र २०१७/१८मा २३ अर्ब ६० करोडको चामल…

Read More