काठमाडौँ: काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ ।
सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।
यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।
Facebook Comments Box