Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । त्यसैले विमानस्थलको निर्माण सकिएलगत्तै सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक गौतमले जनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौँ: भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको छ। तीन हजार मिटर लामो धानवमागर्नको कालोपत्रे गर्ने काम आज सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने प्रदिप अधिकारीले जानकारी दिए। भूकम्प तथा नाकाबन्दी कारण एक वर्ष लम्बिएको आयोजनाको असारसम्म धावनमार्ग, टर्मिनल, टावर भवनको काम सक्ने लक्ष्य लिइएको छ। धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको छ। ट्याक्सी वेको काम अन्तिम चरणमा रहेको आयोजनाले जानकारी दिएको छ। त्यस्तै एप्रोन यसअघि नै निर्माण भइसकेको छ। टर्मिनल भवनमा छाना हाल्ने काम द्रुत गतिमा भइरहेको र असार अघि नै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ।…

Read More

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ हुन् । घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘मानबहादुरको श्रीमतीका दाजुभाइ रहेनछन् । उनकी श्रीमतीले मानबहादुरलाई घर ज्वाइँ बस्न आग्रह गरेकी रहिछन् । कुरा नमिलेपछि डिभोर्सको प्रक्रियामासमेतमा पुगेका रहेछन् । मानबहादुर २ वर्ष विदेश बसेर आएका हरेछन् । त्यसपछि श्रीमान–श्रीमतीबीच सम्बन्ध नराम्रो भएका कारण घरमै बसेका रहेछ्न् । ’ ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको…

Read More

काभ्रे: मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए । उनले भने, ‘आरोपितको बयान, सबुत–प्रमाण तथा अनुसन्धान सकिएपछि परिवारका सबैविरुद्ध आज जिल्ला…

Read More

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ…

Read More

काठमाडौँ: शेयर बजार सूचक बढे पनि खरिदबिक्रीमा भने गिरावट आएको छ । नेप्से परिसूचक मंगलबार ४.४२ अंकले बढेर १३१२.१४ विन्दुमा पुगेको छ । १७३ कम्पनीको ८१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । ३१ लाख २ हजार २८४ कित्ता शेयर खरिदबिक्री भएका छन् । मंगलबार नेप्से परिसूचक ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा झरेको थियो भने १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँबरबका ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भएका थिए । आजको कारोवारमा उत्पादन मुलक, लघुवित्त र अन्य बाहेक सबै समूहको परिचूचक बढेको छ ।

Read More

काठमाडौँ: कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमै दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। जेठ १ गते २३ पटक सगरमाथामा चढेर विश्व किर्तिमान बनाएका शेर्पा आज (मंगलबार) फेरि सगरमाथामा चढेर आफ्नै रेकर्ड तोडेका हुन्। उनी आज बिहान ६.३० बजे नेपाली मोहोडाबाट चुचुरोमा पुगेको उनको ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत छ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८७ ‘ख ’ जारी गरेको छ। राष्ट्र बैंकले एघार वर्ष अवधिको ऋणपत्र जारी गर्नलागेको राष्ट्र ऋण व्यवस्थापन विभाग थापाथलीले जनाएको छ। बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिनलागेको ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत सक्नेछन्। यसको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। त्यस्तै यसलाई धितोकोरुपमा समेत प्रयोग गर्न पाइने तथा कर्जा लिन र दिन पाइनेछ। ऋणपत्रको बोलकबोल आज अपराह्न ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ। यसको सावाँ भुक्तानी सन् २०८७ जेठ ८ गते मात्र हुनेछ।…

Read More

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ । सदरमुकामबाट करिब ३ घण्टाको…

Read More

काठमाडौं: नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ। प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ। यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ। प्रहरी संगठनभित्र ३० वर्षे सेवा…

Read More