Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । त्यसैक्रममा चट्याङ्ग लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ । उक्त बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए । जसबाट एकलाख…

Read More

काठमाडौँ: ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालिन लक्ष्य भेट्ने लक्षसहित सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदैछ। सरकारले अबका वर्षलाई समृद्धिको खुड्किलो चढ्ने वर्ष बनाउने नीति सार्वजनिक गर्नेछ। सरकारले चालु वर्षलाई (२०७५/०७६) आर्थिक समृद्धिको आधार बर्ष मानेको थियो । चालु नीति तथा कार्यक्रमले पहिलो वर्षलाई आधार वर्ष र त्यसपछिको वर्ष आर्थिक समृद्धिको वर्ष हुने उद्घोष गरेको थियो । आगामी वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर र आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । आयात प्रतिस्थापन गरी सवल अर्थतन्त्र बनाएर विश्वको अर्थतन्त्रसँग जोड्ने सरकारको नीति हुनेछ । गैर कृषिमा परिचालन हुने अवस्था सृजना गर्ने…

Read More

काठमाडौं: शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा श्याम राईले लेखेका छन् । राजधानीको चावहित, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यावसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन् । कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होर्डिङ बोर्ड राखेको छ । बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलले विज्ञापन राखिएको छ ।

Read More

सिरहा: सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातता दिनको मनिषाको बाबु रघुनाथ मण्डलले बताए ।

Read More

जाजरकोट: नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटौमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’ याे समाचार हेमन्त केसीले नयाँ पत्रिकामा लेखेका छन् ।

Read More

बाह्रबिसे (सिन्धुपाल्चोक) : तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ। वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ। सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए। उनकाअनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ। वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले जानकारी दिए। जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत…

Read More

काठमाडौं : स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिहीबार गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएकी छन्। प्रस्ताविक विधेयकमा प्राधिकरणले विशेष समितिमार्फत समग्र गुठीको बन्दोवस्त र सञ्चालनको काम गर्ने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। यो विधेयक पारित भएपछि संस्थान खारेज हुनेछ र गुठीको हक र दायित्व प्राधिकरणमा सर्नेछ। यो ऐन लागू भएसँगै गुठी संस्थान ऐन २०३३ खारेज हुनेछ। गुठी संस्थान ऐनबमोजिम भए गरेका काम…

Read More

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार…

Read More

काठमाडौँ: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो। चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ। लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सेतोपाटीले प्रकाशन गरेको थियो।

Read More