Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पाकिस्तानले विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो । ३४९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डले हारे पनि दुई खेलाडीले भने शतक हाने । जोइ रुटले १०४ बलमा १०७ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै, जोस बुटलरले १०३ रन बनाए । ७६ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरेका बुटलरले उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।…

Read More

नयाँ दिल्ली: भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको नयाँ दिल्लीको सरकारले सोमबार जानकारी गराएको छ । नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक वलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो । सन् २०१२ को उक्त घटनालाई लिएर भारतभर विरोध भएका थिए । राज्य सरकारले ल्याएको उक्त योजना अन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी अघि सारिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “राज्य सरकारले ल्याएको महिलालाई सार्वजनिक…

Read More

काठमाडौँ: यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने समयसीमा तोके बमोजिम नेपालका सबै ठूला यातायात सङ्घ र महासङ्घ विधिवत् रूपमा कम्पनीमा दर्ता भएका छन् । अहिलेसम्म नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग आवद्ध ११४ वटा सार्वजनिक यातायात व्यवसायी कम्पनीमा दर्ता भएका हुन् । यसरी दर्ता हुनेमा पश्चिम नेपाल बस व्यवसायी सङ्घ, नारायणी यातायात व्यवसायी समिति जस्ता पूर्व तथा पश्चिम क्षेत्रमा काम गर्दै आएका ठूला व्यवसायी समिति छन् । सङ्घ संस्था दर्ता ऐन २०३४ अन्तर्गत सञ्चालन हुँदै आएका यस्ता यातायात सङ्घ तथा समितिलाई कम्पनीमा ल्याउन सरकारले ऐन संशोधन गरी जेठ १८ गतेसम्मको समयसीमा…

Read More

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ । आज बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो । मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ । सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ । ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए । मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दैछ ।

Read More

काठमाडौं: नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ। चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो । चलचित्र विकास बोर्ड अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएपछि गरिएको यो पहिलो निर्णय थियो । जसको स्वागत सम्पुर्ण नेपाली चलचित्रकर्मीले गरेका थिए । फिल्म ‘भारत’ इद उल फितरको अवसर पारेर बुधबार रिलिज हुन लागेको हो । बोर्ड बलिउड फिल्म पनि नेपाली फिल्म जस्तै शुक्रबार मात्र रिलिज गर्न पाइने गरेको थियो । तर नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु…

Read More

काठमाडौं: सोलुखुम्बुको विकट महाकुलुङ्ग गाउँपालिका-३ को छेस्कामस्थित प्रहरी चौकीमा नेत्र बिक्रम चन्द बिप्लवका कार्यकर्ताले गरेको भनिएको प्रहरी चौकी आक्रमण पूर्णरुपले गलत र भ्रामक भएको गृहमन्त्रालयले जनाएको छ। सो घटनाको ब्रिफ़िङ्ग गराउन डाकिएको नियमित सुरक्षा बैठकमा तिनै सुरक्षा निकायका प्रमुखले सो कुरा झुटो भएको र त्यसमा कुनै सत्यता नभएको गृहमन्त्री राम बहादुर थापासमक्ष जानकारी गरेका हुन्। नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे सोमबार दिउँसो गृहमन्त्री थापालाई ब्रिफिङ गरेका थिए। गृहमन्त्रलायका शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रबक्ता रामृष्ण सुबेदीका अनुसार त्यहाँ कुनै प्रहरी चौकीमा आक्रमण नभएको बरु…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विस्तारित चक्रपथको कलंकी-सातदोबाटो कोटेश्वर खण्डको गतिको सीमा तोकेको छ । चक्रपथ विस्तारपछि यो खण्ड दुर्घटनाको हिसवासले ‘ब्ल्याक स्पट’ बनेको छ । ट्राफिक महाशाखाका अनुसार आठ लेनको करिव साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सिमा तोकिएको छ। सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकिएको छ। जेठ २० गतेदेखि नै लागु गरेर सवारीसाधनको गति मापद भैरहेको ट्राफिक महाशाखले जनाएको छ। तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने जनाइएको छ। यो सडकमा चार लेन…

Read More

काठमाडौँ: नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल आज स्वीजरल्याण्डतर्फ प्रस्थान ग¥यो । प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमण गर्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । भ्रमणका क्रममा बेल्जियम र फ्रान्समा व्यवसायिक भेटवार्ताको आयोजना समेत हुनेछ । सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक÷व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन समेत गर्नेछ । राजनीतिक स्थिरता, स्थिर सरकार र हालै सम्पन्न लगानी सम्मेलन समेतलाई भ्रमणका दौरानमा हुने व्यवसायिक भेटवार्तामा…

Read More

एजेन्सी: एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज साँझ घरेलु टोली इङ्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नटिङघममा ३ः१५ बजे सुरु हुने खेलमा पाकिस्तान घरेलु टोलीलाई रोक्ने दाउमा छ । इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । विश्वकप उपाधिको दावेदार देखिएको इङ्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई एक सय चार रनले हराएको थियो । घरेलु मैदानमा यसपटक उत्साहित देखिएको इङ्ल्यान्ड समग्रमा सन्तुलित छ । यसैगरी पहिलो खेलमा वेस्ट इन्डिजसँग नमिठो हार खेपेको पाकिस्तान पनि इङ्ल्यान्डलाई कडा टक्कर दिँदै जित निकाल्न चाहन्छ । सन् १९९२ को विश्वकप विजेता पाकिस्तानलाई यसपटक पहिलो खेल खल्लो बन्यो । वेष्ट इन्डिजविरुद्ध एक सय ५…

Read More

काठमाडौँ: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । उनको मुटुमा समस्या देखिएपछि आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन्। नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह अनुसार भर्ना भएको उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले भने – चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई १ हप्ता आराम गर्न भनिएको भएर सो निर्णय लिइएको हो । पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । अस्पताल भर्ना भएसँगै यही जेठ २४ र…

Read More