Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बुटवल: प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए । उनले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गरे । उनले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताए । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रmममा आएका प्रधानमन्क्री ओली सोही त्रममा तिलौराकोटको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश…
काठमाडौँ: बुद्ध जयन्तीका दिन ललितपुरमा कुनैपनि पशुको बध नगर्ने प्रतिवद्धता जनाइएको छ । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरुसँग अन्तक्रिया गरेको थियो । कार्यक्रममा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् । गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रुपमा मानिने भएकाले उनको सम्मानमा कम्तिमा बुद्ध जयन्तीको दिन पशु बध नगर्ने निर्णय समाजले गरेको अध्यक्ष खड्गीले बताए । शुक्रबार ललितपुरको कुमारीपाटीमा भएको कार्यक्रममा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याण स्थापनाका लागि हामी सबैले पशुहरुप्रति असल व्यवहार गर्नुपर्ने बताईन् । …
काठमाडौं : आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो। जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने…
काठमाडौं: सात करोडभन्दा बढी राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् । मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले…
काठमाडाैं: प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।
काठमाडाैं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । पुच्छर हटाएर जनसंगठनको नयाँ नाम, तोकियो…
लुम्बिनी: जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन् । याे समाचार रेखा भुसाल…
काठमाडौं: निजी क्षेत्रले सयुक्त रुपमा बजेटमा सम्बोधन गर्नुपर्ने विषयमा सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल वैदेशिक व्यापार संघले सयुक्त रुपमा बजेटका सुझाव दिएका छन् । निजी क्षेत्रले संघ, प्रदेश र स्थानीय तहले लगाउने करहरु दोहोरो, तेहेरो हुन नहुने र स्थानीय तहले लगाउने घर जग्गा रजिष्ट्रेशन शुल्क र भुमिकर (घर जग्गा कर) उद्योग र होटल ब्यवसायलाई ५० प्रतिशत छुट हुनुपर्ने माग रेखेको छ । कर्पोरेट आम्दानी करको दर पाँच प्रतिशतले घटाइनु पर्ने, व्यक्तिको सम्बन्धमा ५ लाख र दम्पतिको सम्बन्धमा रु ७ लाखको कर छुटको सीमा गरिनु पर्ने, छुट…
काठमाडौं: नेशनल बैंकिङ इन्ष्टिच्युटमा बरिष्ठ बैंकर किशोरी मानन्धर शैक्षिक निर्देशकका रुपमा नियुक्त भएकी छिन्। एनबिआइले जेठ १ गतेबाट लागू हुने गरी मानन्धरलाई नियुक्त गरेको हो। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा २७ वर्ष काम गरेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २०७५ बैशाखमा अवकाश हुँदा उनी रिटेल बैंकिङ विभाग प्रमुख थिइन्। चार्टर्डमा उनले विभिन्न विभागहरु अन्र्तगत कार्ड सेवा प्रमुख, व्यतिगत ऋण प्रमुख, ग्राहक सेवा प्रमुखको रुपमा तथा वरिष्ठ व्यवस्थापन र रणनीतिकसमुहमा बसेर काम गरेकी थिइन्।
काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको, निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएको गोइतलेे बताए उनले भने भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ त्यहि अनुरुप मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरेको बताए। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको जनाएको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी…