काठमाडौं: नेशनल बैंकिङ इन्ष्टिच्युटमा बरिष्ठ बैंकर किशोरी मानन्धर शैक्षिक निर्देशकका रुपमा नियुक्त भएकी छिन्।
एनबिआइले जेठ १ गतेबाट लागू हुने गरी मानन्धरलाई नियुक्त गरेको हो। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा २७ वर्ष काम गरेको अनुभव छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २०७५ बैशाखमा अवकाश हुँदा उनी रिटेल बैंकिङ विभाग प्रमुख थिइन्।
चार्टर्डमा उनले विभिन्न विभागहरु अन्र्तगत कार्ड सेवा प्रमुख, व्यतिगत ऋण प्रमुख, ग्राहक सेवा प्रमुखको रुपमा तथा वरिष्ठ व्यवस्थापन र रणनीतिकसमुहमा बसेर काम गरेकी थिइन्।
Facebook Comments Box
