Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास नै छ। पूर्वतिर भने सरदर स्थानको केही उत्तर दिशा (नेपाल) तर्फ अवस्थित छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानमान महाशाखाले जानकारी दिएको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना…
तीर्थयात्री सुर्यविनायक नपा-४ भक्तपुरका काठमाडौँ । सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेल भन्ने ठाउंमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृण्णमणि फुयालले जानकारी दिए । उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि…
काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग लामो समय सोधपुछ गरेको छ । समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन् । उनले समितिमा बयान दिंदै भनेका छन्, ” मसंग ऋण लिएको प्रमाण छ भन्दै हिंडेको १०७ दिन भयो। खै साथि प्रमाण? ऋण लिएको कागज छ भन्दै बरबराउनेलाई कसले भन्दिने दोष प्रामाणित नभएसम्म मानिष निर्देश हुन्छ भनेर।” उनले थप भनेका छन्, “मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन, अरुले लिएको ऋणको जिम्मा म लिन सक्दिन।” लामिछाने २३ फागुन २०८० मा उपप्रधान तथा…
काठमाडौँ: तनहुँ बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री…
काठमाडौँ: आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले बिहीबार (भदौ ६) गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन। टिकटकका प्रतिनिधिले शुक्रबार (भदौ ७) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ। सरकारको सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ मान्न टिकटक तयार भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए। ‘टिकटकका प्रतिनिधिले आज म र…
तनहुँ। प्रहरीले तनहुँ बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११:२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले शुक्रबार राति अबेर विज्ञप्तिमार्फत जनाएको छ । दुर्घटनाका घाइतेहरुको विवरण१) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला बेडना घर भई बस्ने बर्ष ३२ कि बर्षा पंकज भंगाले…
काठमाडौँ: नेपाल पूर्वाधार सम्मेलन आगामी भदौ २७ र २८ गते हुने भएको छ । रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सिएनआई) आयोजक एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सहआयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण २०८१ आयोजना हुने भएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागेको बताए । पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार…
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोगबारे संसदीय विशेष छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सोधपुछ गरिरहेको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा जारी सोधपुछमा समितिले लामिछानेलाई विभिन्न प्रश्न गरेको छ । त्यसमध्ये समितिले १५ नम्बर प्रश्नमा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ भनेर प्रश्न गरेको छ । ‘यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ?’, लामिछानेलाई समितिले सोधेको प्रश्नमा उल्लेख छ । त्यस्तै प्रश्न नम्बर १६ मा सुप्रिम वचत तथा ऋण सहकारी लि. बुटवलमा छविलाल…
तनहुँको आँबुखैरनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसबाट उद्धार गरिएका १२ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत १२ जनालाई काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार थप घाइते उद्धारका लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ। आज (भदौ ७ गते) बिहान अन्दाजी ११ः४० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस तनहुँकोआबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो।
तनहँको आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै, २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको छ। बसमा सवार १६ वर्षीय सदना सुहास घाइते भइ आँबुखैरेनी अस्पतालबाट चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा दिउँसाे ३ बजेर २६ मिनेटमा मृत घोषणा गरिएको हो। उनीसँगै मृतकको संख्या २० पुगेको हो।