Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने जो कोहीलाई सरकारले छुट नदिने बताएका छन्। मन्त्री बाँस्कोटाले सुवर्ण शमशेरको परिवारले जग्गामा दावी गरेको विषयमा समेत खण्डन गरे। ‘सबैलाई थाहा सुवर्ण शमशेर नेता हुन्। कोही नेता होला। कोही सहिदका सन्तान पनि यहाँ छन्। उनीहरुले योगदान गरेको कुरामा हामी उच्च सम्मान, प्रशंसा र स्मरण गर्छौँ’, मन्त्री बाँस्कोटाले भने, ‘यसरी नजोडौँ होला।’ बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन।’ उनले जो सुकै जोडिए मिचिएको जग्गा सरकारको नाममा ल्याउने सिलसिला…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मुल्य लागू निगमले जनाएको छ । काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ…

Read More

एजेन्सी: बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो । बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ । विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो । हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क…

Read More

काठमाडौँ: काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।

Read More

काठमाडौं: खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ भैरव भेटवाल पनि संलग्न छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । टुँडिखेल, रत्नपार्क, जमल र नयाँबसपार्कको गेटसहित महानगरपालिकाभित्र नौवटा अकासे पुल छन् । तिनका दुई सय १० सटर र शौचालयबाट प्रतिमहिना न्यूनतम साढे ३८ लाख रुपैयाँ संकलन…

Read More

काठमाडौँ: सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् । सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको झन्डै आठ अर्ब रुपैयाँ जोखिममा परेको हो । ‘सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले कान्तिपुरलाई उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ दिइएको छ ।’ यो कुल कर्जाको ८८ दशमलव ९३ प्रतिशत हुन आउँछ ।

Read More

काठमाडौ: संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ। लामो समयदेखि एकीकरणका लागि जुटिरहेका ती दुई पार्टीबीच बल्ल एकताको साइत जुरेको हो । पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ । अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा…

Read More

एजेन्सी: संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका छन् । संयुक्त राष्ट्रसंघले प्रतिबन्धित सूचीमा मसुद अजहरलाई आतंककारी घोषित गरिदिएको छ । यो कदममा समर्थन जनाउने सबैमा धन्यवाद ।’ अमेरिका, फ्रान्स र बेलायत यो प्रस्तावको पक्षमा भएपनि चीनले समर्थन नदिँदा राष्ट्रसंघले यो विषयमा निर्णय लिन सकेको थिएन् । मसुद अजहरको आतंकवादी समूह भारतका कयौं आक्रमणहरुमा जिम्मेवार रहेको मानिन्छ…

Read More

काठमाडौँ: चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् । राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेईजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् । उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् ।

Read More

बिर्तामोड: भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला…

Read More