Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । शुक्रबारको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् । बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु । सभामुखले निर्देशन दिएलगत्तै नेकपाका सांसद् खगराज अधिकारी उठेर नियमात्ति गर्दै त्यस दिन…
काठमाडौँ: यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।
बीबीसी: अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ । उक्त जहाजले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ । यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो । अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो । यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ । यो वर्षको फेब्रुअरीमा अमेरिकी…
काठमाडौँ: बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् । केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । “सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।” भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग…
काठमाडौं: पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलादेवीको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु¥याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो । यो समाचार हदिश खुद्दारले नयाँ पत्रिकामा लेखेका छन् ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ को हाराहारीमा रहेको जानकारी छ। सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ । ‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन,’ महानगरले भन्यो ।
काठमाडौँ: राजनीतिक शक्तिका आडमा मन्त्री र सचिव हेरफेर गर्ने हैसियत राख्ने भट्ट दाजुभाइ देश र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने ठूला आयोजनामा हात हाल्छन् र अलपत्र पार्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सुशील र दीपक भट्ट दाजुभाइ हुन् । दीपकको प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल र नेकपा नेता वामदेव गौतमसँग सुमधुर सम्बन्ध छ । आफ्नो राजनीतिक पहुँचकै आधारमा दीपकले दाजु सुशीललाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गराए । प्रधानमन्त्री ओलीको प्रस्तावमा सुशील आयोगको सदस्य बनाइएका हुन् । भट्ट दाजुभाइ ठूला ठेक्कापट्टामा विदेशी कम्पनीको एजेन्टका रूपमा काम…
काठमाडौं: पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ । प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो । ‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ । यो समाचार नागरिकमा प्रकाशित छ ।
काठमाडौँ: देवः विकास बैंक लिमिटेडको ठाकुरबाबा नगरपालिका, वडा नं-१ स्थित भुरीगाउँ बजारमा बैशाख २५ गतेदेखि विधिवत रुपमा संचालनमा आएको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले आयोजित एक समारोहबीच शाखा कार्यालयको समुद्घाटन गरेका हुन्। बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा विशेष मन्तव्य दिंदै ठाकुरबाबा नगरपालिकाका प्रमुख श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पु¥याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए। उनले संचालान्मा आएको बैङ्किङ सेवाका कारण नगरको आर्थिक एवं सामाजिक विकासमा बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी…
काठमाडौं: विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ । भदौमा पारित भएको अनिवार्य तथा निस्शुल्क शिक्षासम्बन्धी ऐनको दफा १० मा विद्यालयमा भर्ना भई आधारभूत तहको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्कासन गर्न नपाइने उल्लेख छ । विद्यालय भर्ना भएको…