Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

Read More

काठमाडौं: प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । ‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

Read More

एजेन्सी: मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ । खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले विजयको ढोका खोलेको थियो । त्यसअघि चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिएलगत्तै दोस्रो बलमा पनि जडेजाले…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कसैलाई धनी बनाइदिन मात्रै नेपालका पत्रकारहरु आफ्ना इच्छा र चाहनाहरु मारेर भोकभोकै काम गर्न नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल नुवाकोटले आइतबार बिहान विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारको हकहितको पक्षमा काम गर्न खोज्दा सरकार प्रेसमाथि अंकुश लगाउन खोज्यो र निरंकुश भयो भन्नु झुट भएको बताए । ‘पत्रकारले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक पायो कि पाएन भनेर जब यो मुद्दा समाजमा स्थापित गर्न खोजियो त्यसपछि सरकार कसरी निरंकुश भयो ?’, उनले त्यसको खण्डन र प्रश्न गर्दै भने– ‘पत्रकारको अधिकारलाई सुरक्षा गर्न खोजिएको कुरालाई प्रेस स्वतन्त्रताको…

Read More

काठमाडौं: प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’ चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका विश्वराज पोखरेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा खनालले पोखरेलसहित प्राविधिक समूहबाट डीआईजीमा बढुवा भएका डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई फूली लगाइदिएका हुन् । उनीहरुलाई गृहमन्त्रालको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजी बढुवा गरिएको थियो । कार्यक्रममा बोल्दै आईजीपी खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वाबस, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए । प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा…

Read More

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। एनआरएनएले भवन निर्माण गरेको जग्गा भूमाफियामार्फत् खरिद भएको खुलासा भएको सन्दर्भमा अध्यक्ष भट्टको यस्तो भनाइ आएका हो। एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो। तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए। भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो। अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा…

Read More

काठमाडौं: नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला दुई देशका अधिकारीबीच यो सहमतिमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीले शनिबार भियतनामका समकक्षी ग्युगन सुआन फुकसँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको छ । सहमति पत्रमा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ । भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति पनि भएको छ । व्यापार तथा…

Read More

काठमाडौं: इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो आज लाग्दैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि कुन टिमले जित्ला ? अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ । लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि…

Read More

काठमाडौं: सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ । कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न संघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्नेजस्ता काम गरे उक्त जरिवाना वा कैद सजाय हुने प्रस्ताव विधेयकमा छ…

Read More