Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रहेको पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले मागेअनुसार अन्तरिम आदेश भएको हो । बृहत् पूर्ण इजलासको परमादेशअनुसार ठुला करदाता कार्यालयले लाभकरबापतको बाँकी ३९ अर्ब रुपैयाँ तिर्न एनसेललाई ताकेता गरेको थियो । यो समाचार भाषा शर्माले नागरिक दैनिकमा लेखेकी छन्…

Read More

काठमाडौं: दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए । उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । यो समाचार दिनेश गौतमले अन्नपूर्णमा लेखेका छन् ।

Read More

काठमाडौँ: जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बालकृष्ण न्यौपानैको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश समेत दिएको छ । सर्वोच्चले पूर्ण इजलासले सुनुवाइ गरी आदेश जारी नगर्दासम्म गृहको परिपत्र कार्यान्वयनमा रोक लगाउन भनेको छ । यसअघि पनि सर्वोच्चको एकल इजलासले वंशजका नाममा नागरिकता दिने भनी गृह मन्त्रालयले गरेको पत्रचार कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश…

Read More

काठमाडौं: नवगठित समाजवादी पार्टी, नेपालले सातवटै प्रदेशमा पार्टी एकताको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई गठन भएको सो पार्टीले एकीकरणको सन्देश दिनका लागि प्रत्येक जिल्लामा जाने निर्णय गरेको केन्द्रीय सदस्य अशोक यादवले बताए । सातवटै प्रदेशमा समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका सदस्य उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । एकीकरणपछि आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेपनि मिति तय भएको छैन । मिति तय गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ ।…

Read More

पोखरा: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउनेलगायतका काम भइरहेको छ । विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलमा आकस्मिक ल्यान्ड गर्न सकिने छ । ‘आवश्यक परेमा विमानले आकस्मिक ल्याण्ड गर्न सक्छ,’ उनले भने । विमानस्थलको महत्वपूर्ण ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए । सन् २०१९ भित्र ६० प्रतिशत बढि काम सकिने पौडेलले जानकारी दिए । ‘सन् २०२० भित्र विमानस्थल निर्माणको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षले पनि मेरो सरकार भन्न सुझाव दिएका छन् । संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे । सम्बोधनको पूर्णपाठ: सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत वैशाख २० गते गर्नुभएको सम्बोधनका लागि म राष्ट्रपति महोदयमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस सम्बोधन मार्फत नेपाल सरकारको आर्थिक वर्ष ०७६।७७ को नीति र कार्यक्रम माथि संक्रियतापूर्वक सहभागी भएर माननीय सदस्यहरुले जुन उत्साहपूर्ण ढंगले सुझावहरु…

Read More

काठमाडौं, बैशाख २४: मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ । तर यसका लागि मानवले प्रकृतिसँग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतय परिवर्तन ल्याइनुपर्ने बताइएको छ । मानव जातिले हाम्रो बालीमा परागसेचन गराउने माहुरीदेखि बाढीपहिरो रोक्ने वनजंगलसम्मका इकोसिस्टमा…

Read More

काठमाडौँ, बैशाख २४: नेपालले सेनाका लागि ०६२÷६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ । गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको थियो ।

Read More

काठमाडौं, बैशाख २४: चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । यो समाचार प्रगति ढकालले कारोबारमा लेखेकी छन् ।

Read More

काठमाडाैं, बैशाख २४: उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ । जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास समितिले त्यसको समाधानको प्रयास थालेको छ । पञ्चायतकालमा राई, भूमिराज, पोखरा र खलंगा गरी ४ वटा गाउँ पञ्चायतमा गरी मन्दिरका नाममा १७ हजार रोपनी जग्गा थियो । ‘१ सय ८०…

Read More