Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ । निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट…
काठमाडौं: संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् । ‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वा्चित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’ रावलले कुनै पनि दातृ निकायको सहयोग…
काठमाडौँ: राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ थापाले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए । उनका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत साता नै सो रकम प्राप्त भइसकेको छ ।
एजेन्सी: इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् ।
काठमाडौं : मलेसिया रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको आजदेखि अनुगमन हुने भएको छ। २९० स्वास्थ्य संस्थाहरू इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुने छन्। मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार टोली बनाएर इच्छुक स्वास्थ्य संस्थाको छनोट गर्ने छ। उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेज समेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक समेतको टोलीलाई आवयक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ। स्वास्थ्य संस्था निरीक्षणका लागि…
काठमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्। पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्। महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्पर्कमा छन्। वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो। सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली…
काठमाडौँ: हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौंमा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हँुदै गएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल…
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाएका छन् । प्रतिनिधिसभा पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १० औ पुण्यतिथिका सन्र्दभमा शनिबार काठमाण्डौमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले उक्त आरोप लगाएका हुन् । नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भइरहेको’ दावी गर्दै उनले ‘त्यसविरुद्ध एकढिक्का हुन’ कांग्रेसका कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । देउवाको भनाइ थियोः ‘सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्छ ।’
काठमाडौँ: भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईविरूद्ध यौन उत्पीडनको आरोप लागेको छ। उनीविरूद्ध उनकी पूर्व जूनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी हुन्। तर प्रधानन्यायाधीश गोगोईले भनेका छन्- न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार गर्नका लागि यस्तो आरोप लगाइएको हो। उनले न्यायपालिकालाई अस्थिर तुल्याउनको लागि षडयन्त्र भइरहेको प्रतिक्रिया दिए। भारतीय संचारमाध्यमका अनुसार विभिन्न वेबसाइटमा खबर प्रकाशित भएपछि प्रधानन्यायाधीश गोगोईको अध्यक्षतामा सर्वोच्च अदालतमा तीन न्यायाधीश बैठक बसेका छन्। यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि कुनै शक्ति परिचालित भएको उनले दाबी गरेका छन्। आरोप लगाउने महिलाले २२ न्यायाधीशलाई चिठी पठाएकी छन्। जसमा उनले प्रधानन्यायाधीशले यौन हिंसा आरोप लगाएकी छन्। एजेन्सी
काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए । उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गरे। बुटवल, देशको शान्ति सुरक्षा विकास र इतिहास संरक्षणमा मुख्य ध्यानकेन्द्रित गरेको बताए। नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उनले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धन गर्ने बताए। रक्षा तथा उपप्रधानमन्त्री…