Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दाङ: प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २ सय ८८ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बनेको छ। १ सय ४० स्वर्ण, ८१ रजत र ६७ काँस्यपदकसहित कुल २ सय ८८ पदक जित्न सफल भएको छ। आर्मीले कुल १ हजार १ सय ३९ पदकका लागि भएको प्रतिपर्धामा सर्वाधिक २ सय ८८ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो। बुधवार समापन भएको राष्ट्रिय प्रतियोगिताको प्राप्त नतिजा अनुसार नेपाल पुसिल १ सय ५७ पदक जित्दै दोस्रो बन्यो। नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्यसहित १ सय ५७ पदक जित्न सफल भएको छ। ५३ स्वर्णसहित २…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ वप्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन् । उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् । राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बीआरआईमा राष्ट्रपति भण्डारीले नेपालको…

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) १५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंकले आज अपराह्न ३ बजे बोलकबोल गर्ने समय तोकेको छ । वैशाख १८ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

Read More

काठमाडौं: डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक कालखण्डमा भन्दा बढी भ्रष्टाचार भएका छन् । पछिल्ला केही वर्ष हेर्ने हो भने अर्ब रुपैयाँको आकारभन्दा ठूला अनियमितता गणना गर्न औंला नै पुग्दैन । त्यस्ता अनियमिततामा संलग्नलाई कुनै कारबाही नगरी दण्डहीनतालाई मलजल गर्ने काम भइरहेको छ । याे समाचार कृष्ण ज्ञवालीले…

Read More

काठमाडौँ: डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Read More

काठमाडौं: धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।

Read More

काठमाडौं: नेपाली सेनाले बाँसबारीस्थित रिपुमर्दिनी सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई पदमुक्त गरेको हो । २०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र भावना विपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग लगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाको विद्यालयको छवि धमिल्याउने काम गरेकाले उक्त घटनामा संलग्न प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई…

Read More

काठमाडौं: नियन्त्रीत भयो भनिएको सुन बरामदका घटना फेरी एक पटक प्रकट भएको छ। यो तथ्य तव बाहिरियो जब प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गर्यो। केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष तामाङले जानकारी दिए। मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो।

Read More

काठमाडौँ: लगानीकर्ताले नाफा बुक गर्न खोज्दा मंगलबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नाफा सुरक्षित गर्ने लगानीकर्ताबीच चर्को बार्गेनिङ्ग चल्दा आज मंगलबार शेयर बजार परिसूचकमा तिब्र उतार-चढाब हुँदा शेयर कारोबार रकममा समेत संकुचन आएको छ । पौने २ बजेसम्म सकारात्मक बनेको बजारमा यसअघि सस्तोमा शेयर उठाएका लगानीकर्ताहरुको नाफा सुरक्षित गर्ने होड बढ्दा बजार ऋणात्मक हुन पुग्यो। अन्तत: अन्तिम १० मिनेटमा बजारले लय समात्दा करिब ४ अंकको सकारात्मक वृद्धि सहित बजार बन्द भएको हो। निरन्तर बढ्दै आइरहेको शेयर बजार सूचक नेप्सेमा सोमबारको ७ अंकको करेक्शनपछि मंगलबार फेरि सुधार देखिएको हो । नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन्। उनले हाल देशको लक्ष्यनै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउदै नव गठित कार्य समितिले समेत यसलाई आत्मसात गरि आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे । मन्त्री यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्न जोड दिए । सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक…

Read More