Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी नियमावली वैशाख ३० गते देखि लागू भइसकेको छ । अहिलसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काका विषयमा अध्ययन भइरहेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छन । सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ । काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन यहाँ अवस्थित काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाको छुट्टाछुट्टै बृहत् योजना छन् तर हरियाली सहर निर्माण गर्दा उपत्यकाको जैविक विविधता र नेपालको जैविक विधिताको संरक्षण गर्ने तवरले भने भएको छैन । यसरी बिनाकुनै मापदण्ड फूल, बोटबिरुवा लगाइने गरेको पुष्टि काठमाडौँ महानगरपालिका, वातावरण विभागका…

Read More

काठमाडौं: मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । मलेसियामा आइतबार अबेर भएको खेलमा नेपाल मलेसियासँग २-० गोलले पराजित भयो । मलेसियाको जितमा सफावी राशिद र साहरुल सादले गोल गरे । मलेसियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा राशिदले पेनाल्टी मार्फत गोल गरेका थिए । नेपालका अनन्त तामाङले डिबक्सभित्र मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टीको मौका पाएको थियो । ८२औं मिनेटमा सादले गोल गर्दै मलेसियाको जित सुनिश्चित बनाए । नेपालले सन् २०२२ को कतार विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । मलेसियाको खेलमा नेपालका अभिषेक रिजालले राष्ट्रिय टोलीमा डेब्यु गरेका…

Read More

बेइजिङ: चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले तीन पटक आफ्नो वचन उल्लङघन गरेको बताइएको छ । चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ । महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन । सो श्वेत–पत्रमा भनिएको छ, “अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पु¥याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट…

Read More

एजेन्सी: सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई बर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो । अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मेडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ । आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्टरूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ताका लागि युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् । त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ: सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३ः ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । एकान्तकुनाबाट बल्खु जाँदै गरेको बा१६च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको बा१२च ५७७६ नम्बरको स्कारिपयो र बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमौरियाले जानकारी दिए । ज्यान गुमाउनेमा ललितपुर गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७…

Read More

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर । विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६/७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । विकल्पः -कोटेश्वर–जडीबुटी सुरुङमार्ग -नयाँ बानेश्वरमा अन्डरपास -त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर -कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने -सूर्यविनायक–धूलीखेल खण्ड…

Read More

काठमाडौँ: स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले करारमा सात कर्मचारी नियुक्त गर्यो । त्यसको भोलिपल्टदेखि लागू हुने गरी उनीहरुलाई असार मसान्तसम्मका लागि नियुक्ति दिइयो । यो नियुक्तिको तारतम्य हनुमानढोका मूल समितिले मिलाएको थियो । महानगरमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि महानगरले करारमा कर्मचारी, स्वयंसेवक र प्रशिक्षार्थीका नाममा ३९ जनालाई नियुक्ति दिइसकेको छ । कर्मचारीको सेवा सुविधामा पनि महानगर…

Read More

काठमाडौँ: मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन । समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको छ । छानबिनकै चरणमा उच्च अदालतका दुई न्यायाधीशले अवकाश नै पाइसकेका छन् । अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन । परिषद्ले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च…

Read More