Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंक (एडिबी) ले आज सार्वजनिक गरेको पछिल्लो विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेका उल्लेख गर्दै त्यस्तो प्रक्षेपण गरेको हो । सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ । वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले…
काठमाडौं: चिनियाँ कम्पनी चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशयसहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो । उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त गरेको छ । …
काठमाडौँ: संसदमा नागरिकता संशोधन विधेयक विचाराधीन नै रहेको अवस्थामा सरकारले जन्मसिद्ध (जन्मका आधारमा) नागरिकता लिएका बाबु-आमाका सन्तानले नागरिकता पाउने बाटो खोलिदिएको छ। जन्मसिद्ध नागरिकका सन्तानलाई बुबा-आमा दुवैको नागरिकताका आधारमा वंशजको नागरिकता बनाइदिन गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयले सातवटै प्रदेशलाई पनि पठाएको परिपत्रमा सर्वोच्च अदालतले आमाका नाममा नागरिकता प्रदान गर्न गरेको फैसला उल्लेख गर्दै नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ बमोजिम वंशजको नागरिकता प्रदान गर्न निर्देशन दिइएकाे छ। जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्या समाधान गर्न भन्दै गृह मन्त्रालयले मंगलबार…
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ। दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘साँझपख काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो भूभागमा आंशिक बदलि हुने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्,’ ‘प्रिमनसुनको समय भएकाले मेघ गर्जनका साथ हावाहुरि र क्षणिक वर्षा हुनु समान्य प्रक्रिया हो।’ महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ। बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी…
काठमाडौँ: राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग) को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो । भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा दु्रत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा दु्रत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी…
काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४ औं महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउदै गृह मन्त्रालयमा उजुरी परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । महाधिवेशनका केही असन्तुष्ट उम्मेद्धवारले तत्कालीन अध्यक्ष विजय सम्वाहाम्फेविरुद्ध उजुरी दिएका हुन । नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफुहरुमाथी कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिएका रत्न महर्जन र उपाध्यक्षको उम्मेद्धवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दावी छ । उजुरीमा वैधानिक उम्मेद्धवारहरुको सहमतिवेगर अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्ष लगायत अन्य…
काठमाडौँ: माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र सुदीप कैनीले लेखेका छन् । घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।
काठमाडौ: सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मलाल मागेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । याे समाचार कृष्ण ज्ञवालीले कान्तिपुरमा लेखेका छन् ।
काठमाडौँ: निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिसको विषयलाई लिएर जुहारी चल्न थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । मंगलबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा सदस्यहरूबीच यसै विषयमा जुहारी चल्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीबीच त घोचपेच नै चल्यो । सांसद् भट्टराईले प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई सजिलो होस् भनेर नै परिषद् बैठकमा नआउनुभएको हो कि भन्दै व्यङ्ग्य गरे । देउवा काठमाडौंमा भएर पनि परिषद बैठकमा नआएको नेकपाको आरोप छ । ‘केही गुनासा भए बैठकमा आएर राख्न सकेको भए राम्रो…
बेइजिङ: राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन् । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो । चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए । यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन्…