Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको आरोपमा लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय मागदाबी गरेको छ । न्यौपानेले घुस दिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । भक्तपुर चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख घुस रिसवत लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरूबाट समेत पुष्टि भएको आयोगको आरोप पत्रमा उल्लेख छ । आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को ‘ज’ अनुसार सजाय मागदावी गरिएको…
कावासोती: नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ । यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मर्दनियालाई प्रहरी कार्यालय…
काठमाडौँ: मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना…
काठमाडौँ: पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति (रासस)को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो । सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । उहाँले आफ्ना मागका बारेमा सम्बन्धित निकायमा गएर वार्ता गर्न वा शान्तिबाटिकामा गएर…
काठमाडौँ: चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
हुम्ला: यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ । चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ ।…
हुम्ला : यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ । चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ । जिल्लाको…
नयाँ दिल्ली: भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिनुभयो । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताउनुभयो । “गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो…
काठमाडौं : नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ । २०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने…
काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्। चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्। सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर…