Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छत्र कार्कीले लेखेका छन् । यस्तो छ नेपाली स्याट–१ नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १.३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको छ ।

Read More

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन् । मन्त्रालयमा शंकरप्रसाद कोइराला, प्रेमकुमार राई, कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर र चन्द्रकुमार घिमिरे सचिव जिम्मेवारीमा रहे । खानेपानी मन्त्रालयमा एक वर्षमा ५ सचिव आए । सचिव फेरिँदा बेरुजुको मात्रा बढिरह्यो । मन्त्रालयको बेरुजु ६ अर्ब ४ करोड ४० लाख छ । भीमप्रसाद उपाध्याय, कृष्णराज बीसी (दुई पटक) तथा गजेन्द्रकुमार ठाकुर दोहोरिएर मन्त्रालयको सचिव भए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वर्ष दिनमा ५ सचिव…

Read More

जनकपुर: शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अजित तिवारीले लेखेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ ।

Read More

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् । जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । महान्याधिबक्ताको कार्यालयले भने जोशीको नियमति सरुवा भएको प्रतिक्रिया दियो । जोशीले यसबारे बुझ्न खोज्दा भने- मुद्दा अहिले पनि अख्तियारमै छानविन क्रममा छ, टुङ्गिसकेको छैन। मैले मेरोविरुद्ध…

Read More

एजेन्सी: बार्सिलोना यूरोपियन च्याम्पिन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेस्सीबाट प्रेरित बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडमाथि ३-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। यो हारसँग म्यानू भने प्रतियोगिताबाट बाहिरिएको छ। समग्रमा क्वार्टरफाइनलमा बार्सिलोनाले यूनाइटेडला२ ४-० ले पराजित गर्‍यो। पहिलो लेगमा बार्सिलोनाले यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको थियो। घरेलु मैदान नेउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे कौटिन्होले एक गोल गरेका थिए। १६औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ४ मिनेट पछि नै मेस्सीले दोस्रो गोल गरे। यस्तै ६१औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै यूनाइटेडलाई…

Read More

काठमाडौँ: हिजो (सोमबार) भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छुटेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ। आज विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नंं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो। काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था…

Read More

काठमाडौं: सरकारले एनसेल बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो। ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभर तिर्न सरकारले ७ दिनको सयमसीमा दिएको छ । अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ।

Read More

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकालेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ छिचोलिएपछि सम्बोधन गर्दै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए। भौगोलिक बनावटले निकै चुनौती रहेको यस आयोजनाको काम समयसीमा भन्दा अगावै सकिएको भन्दै खुशी व्यक्त गरे। यस प्रविधिबाट नेपालमा भित्रिएसँगै अब प्रयोग गर्दै जाने र लाभ पनि लिँदै जाने उल्लेख गरे। आयोजनाको सुरुङ सकिए लगत्तै प्रधानमन्त्री ओलीले बाँकी अन्य कामलाई गति दिन आग्रह गरेका छन्। भेरीगंगा नगरपालिकाको बबईबाट सुरु…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ प्रतिशत रहेको थियो । २०७५ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । फागुन महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको…

Read More

काठमाडौं : नयाँ वर्षको दोस्रो दिनमा शेयर बजारमा दोहोरो अंकले बढेको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि सुधार आएको छ । नेप्से सूचक मंगलबार २३.३३ अंकले बढेर १२१२.०५ विन्दुमा आइपुगेको छ । कुल १७० कम्पनीको ७४ करोड २७ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । आज ८ हजार ९७८ कारोवारमा २४ लाख ११ हजार ६५० कित्ता सेयर खरिदबिक्री भएका छन् । नयन वर्षको पहिलो दिन सोमबार नेप्से ४.७० अंकले बढेको थियो । आइतबारदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ । आजको कारोवारमा सबै सहूहको परिसूचक हरियो…

Read More