Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भीमदत्तनदगर: कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन् । हाल उनि बर्खास्त छन् । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार…
काठमाडौँ : महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय…
बेत्रावती: ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । सोही आधारमा कम्पनीको…
काठमाडौँ: देवः विकास बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी गराएको छ ।
काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ आयोजना हुनेभएको छ । देशका विभिन्न स्थानमा उत्पादन भएका फूल तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन विस्तार, नयाँ प्रविधिको अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले सो मेलाको आयोजना गरिएको हो । ‘फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)’ को आयोजनामा हुन लागेको उक्त महोत्सवमा मौसमी फूल, आलङ्कारीक बोटविरुवा, कट फ्लावर, ट्राइ फ्लावर, सुनाखरी कम्पोष्ट मल, फूलको गानो, वीउविजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादीका गरी ८४ विक्री कक्ष रहनेछन् । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ हुन…
काठमाडौँ: सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कूल ३४० मेगावाट क्षमताका नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार अध्ययन सम्पन्न गरी ती आयोजनालाई निर्माणमा लैजाने तयारी गरिएको छ । मन्त्रालयका अनुसार चालू आवको अन्त्यसम्म अध्ययन सम्पन्न हुने आयोजनामा १०२ मेगावाट क्षमताको दूधकोशी पाँचौ, ५० मेगावाटको बेनी कालीगण्डकी, ४७ मेगावाटको दूधकोशी चार रहेका छन् । यस्तै ४१ मेगावाटको सङ्खुवा खोला, करीब ४० मेगावाटको सङ्खुवा खोला एक, ३२ मेगावाटको म्याग्दी खोला, १९ मेगावाटको तल्लो चमेलिया, पाँच मेगावाटको भेरी खोला र ४ दशमलव ४ मेगावाट क्षमताको ४ मेगावाट क्षमताको लुन्ग्री खोला छन् । आर्थिक वर्ष २०६७÷७७…
काठमाडौं : ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेबारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि वृहत् छानबिन हुने भएको छ । न्यायापरिषद् बैठकले वृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ । यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानबिनको जिम्मा दिइएको थियो । खतिवडा समितिको ४५ दिन लामो अनुसन्धानपछि सुन प्रकरणमा वृहत् छानबिनका लागि परिषद्समक्ष प्रस्ताव गरेपछि अर्को शक्तिशाली समिति बनाइएको हो । मुद्दाका सबै पक्षमाथि वृहत् जाँचबुझ गर्नुपर्ने अवस्था देखिएको भन्दै खतिवडा समितिले प्रस्ताव गरेपछि प्रधानन्यायाधीशसहित सोमबार बसेको परिषद् बैठकले सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा अधिकारसम्पन्न…
झापा : झापाको भद्रपुर–१० मा रहेको चन्द्रगढी सामुदायिक वनमा भिषण आगलागी भएको छ । करिब साडे सात बजेबाट लागेको आगो वनको १० विघा क्षेत्रफलमा फैलिएको छ । अचानक फैलिएको आगो हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या देखिएको छ । हावाहुरी चलेको र आगोले ठुलो रुप लिएकाले दमकलको सहायतामा पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि सयौं स्थानीय बासिन्दा पनि जुटेका छन् । साथै सेना पनि खटिएको छ । बस्ती र सामुदायीक वनबीचको क्षेत्रमा चिया बगान रहेकाले बस्तीमा आगो पुग्ने सम्भावना भने कमै छ ।
काठमाडौँ : केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले आगामी आर्थिक वर्षका लागि कम्तीमा पनि रु १७ अर्ब बराबरको बजेट आवश्यक रहेको बताए । उनले सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने जानकारी दिँदै साधन र स्रोत उपलब्ध भए तोकिएको समयमा नै रेलमार्ग निर्माणले गति लिने उल्लेख गरे…
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताएका छन् । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ आँै वार्षिक कार्यक्रममा उनले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न सङ्घसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताए । ‘‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृतरूपमा सञ्चालन गरिने छ’’ उनले भने, ‘‘समाजिक सुरक्षामा काम गर्ने संस्थालाई पाँच वर्षभित्र संस्थागत पुनःसंरचना गरेर एकीकृत गरिने छ ।’’ मन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रममा नागरिक लगानी कोष अभिन्न अङ्ग भएकाले सरकारसँग सँगसँगै अगाडि बढ्नुपर्ने बताए । कोषलाई वित्तीय बजारमा बलियो…