Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश नं ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए । छनोट हुने पुरुष खेलाडी भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौँका पिजः महर्जन रहेका छन् । त्यस्तै महिलामा तारा शिवाकोटी, जेनिशा थापा, प्रकृति थापा मगर, शौभाग्य कोजु, सविक्षा सुवाल र रिजु रञ्जित छन् । शौभाग्य र रिजु ललितपुरका हुन् भने बाँकी पाँचै खेलाडी भक्तपुरका हुन् । सुटिङ ः महिला एयर राइफलमा सुस्मिता नेपाल र जुनु घिसिङ तथा एयर पेस्तोलमा…

Read More

दाङ: रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिगढी–७ का २३ वर्षीय हर्कबहादुर पुन छन् । घाइतेमध्ये रोल्पा माडी गाउँपालिका–३ बस्ने ६७ वर्षीय इन्द्रबहादुर घर्ती, रोल्पा जौलेपोखरी बस्ने ५५ वर्षीया सम्पुरा डाँगी र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीया रथा घर्तीको अवस्था गम्भीर रहेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोलहपुर पठाइएको छ भने अन्य घाइतेको भने घोराहीमा नै उपचार भइरहेको…

Read More

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरुलाई रूपान्तरण…

Read More

गोरखा: राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुुबान क्षेत्रका प्रभावित व्यक्तिले आज आरुघाट बजार बन्द गराएका छन् । आयोजनाले लामो समयसम्म जग्गा रोक्का गरी मुआब्जा निर्धारण नगरेको भन्दै गोरखा र धादिङ क्षेत्रमा पर्ने आरुघाट बजार बन्द गराएका हुन् । बन्दले आरुघाट बजार क्षेत्रमा पसल, बजार तथा यातायातका साधन पूर्णरुपमा ठप्प छन् । डुबान क्षेत्रमा पर्ने अन्यत्र स्थानकोे जग्गाको मुअब्जा निर्धारण गरी वितरणको कामसमेत लगभग सम्पन्न हुन लाग्दासमेत आरुघाट बजार र खहरे बजार क्षेत्रको मुअब्जा निर्धारण नहँुदा आफूहरु अन्योलमा परेका प्रभावितहरुको भनाइ छ । “कि डुबान हँुदैन भने जग्गा फुकुवा गर्दिनु प¥यो, की हुन्छ भने उचित मुअब्जा निर्धारण…

Read More

ललितपुर: ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ । महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए । उनका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन् ।…

Read More

काठमाडौँ : प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस् भनी राखेको प्रस्तावलाई सदनले स्वीकृति प्रदान गरेको थियो । विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले पर्याप्त छलफल गरेर अघि बढाउनुपर्ने निकै महत्वपूर्ण विधेयक भए पनि मौलिक हककै झझल्को दिने गरी हतारमा विधेयक ल्याएर आवश्यक छलफल गर्न दिने…

Read More

काठमाडौँ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत बरबुझारथ नगरेको र ललितपुरमा समेत रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा…

Read More

राँझा: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन् । नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए । “राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ”, उनले भने, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न…

Read More

काठमाडौँ : पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो । ट्रेजरी बिल खरिद गर्ने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्रिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

Read More