Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी बनेको बताए । नेपाल एलपी ग्यास उद्योग सङ्घले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासमा सरकारका तर्फबाट प्रतिलिसिलिण्डर २३२ रुपैयाँ ५० पैसा अनुदान छुट्याएको भए पनि उद्योगको सञ्चालन खर्च प्रतिसिलिण्डर ५२ रुपैयाँ ५४ पैसामात्र दिइनु निकै कम भएको बताए । उनले भने, “छ वर्षअघि तोकिएको यसप्रकारको सञ्चालन खर्चले उद्योग चलाउन निकै कठिन भएको छ । यसअवधिमा…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन। मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो। उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए। अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई…
काठमाडौँ: प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा चन्द समूह र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी गएको थियो । ‘प्रहरी टोलीले देखेपछि चन्दका कार्यकर्ताले फायर खोले । त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको…
पेरिस: चीनले युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका बेला दुई पक्षबीच जेट खरिद सम्झौता भएको हो । राष्ट्रपति सीले ‘ए–३२०’ र ‘ए–३५० एक्सडब्लूबी’ विमान खरिदबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अमेरिकी विमान निर्माण कम्पनी बोइङका दुईटा ‘७३७ म्याक्स’ जहाज ५ महिनाको अवधिमा दुर्घटनामा परेपछि चीनले एयरबससँग पछिल्लो सम्झौता गरेको हो ।
काठमाडौं: मोटो रकम आउने भएपछि नियम बिपरित भर्ना लिएका ३९१ बिद्यार्थीहरुको रजिष्टेशन गराउन पोखरा विश्वविद्यालयका पदाधिकारीहरु सहमत भएको बुझिएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले प्राज्ञिक परिषद् बैठकको निर्णय विपरित डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको भर्ना लिएकोमा उनीहरुको रजिष्टे«शन अस्वीकृत भएको थियो । तर अहिले विद्यार्थीहरुको परिक्षा नजिकिदैंगर्दा आर्थिक प्रलोभनका आधारमा नियम विपरित भर्ना भएका विद्यार्थीहरुको रजिष्टे«शन गरि विश्वविद्यालयको शैक्षिक गुणस्तर र मर्यादालाई खस्काउनेगरिे विश्वविद्यालयलाई आर्थीक चलखेलको अखडा बनाउन लागिएको स्रोतले जनाएको छ । आर्थीक चलखेलको सेटिङ्ग पछि फेरी डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको रजिष्टे«शन गराउन विश्वविद्यालयका उप–कुलपति चिरिञ्जीबि शर्मा, रजिष्ट्रार गोबिन्द प्रसाद शर्मा, डिनहरु प्रा.डा. हरि…
काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे आज छलफलका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । “तीनमहीने कार्ययोजनालाई सामान्य पूर्वाधारका रुपमा खडा गरी काम गर्नु आवश्यक छ”, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सवल र सुरक्षित बनाउनका लागि उक्त योजना अगाडि ल्याइएको बताए । तीनमहीने कार्य योजनाअन्तर्गत चक्रपथभित्रका करिडोर सञ्चालन, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ बनाउने, ट्राफिक सचेतनासम्बन्धी कक्षा सञ्चालनलगायत कार्यक्रम छ । छलफलमा…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुशासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ । संयोजक…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि बु्रमर (यान्त्रिक कुचो) को प्रयोग गरी सडक सफा गर्न शुरु गरेको छ । कामपाले आज शुभारम्भ कार्यक्रमको आयोजना गरी गत फागुन २८ गते इटलीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याएको हो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक दिन साँझ आठ बजेदेखि बिहान चार बजेसम्म सडक सफाई कार्य हुने जानकारी दिए । उनका अनुसार उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग गरिनेछ । कामपाका उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ) ले यस यन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि सडक विभागको मातहतमा रहेको सडकमा रहेका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको जानकारी गरिन् । कामपामा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार काठमाडौँलाई धुलोमुक्त…
काठमाडौँ: सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन स्थानीय तह र बैंकसँग सहकार्य गरिने भएको छ । सरकारले गत मङ्सिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज आयोजना गरेको सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रियामा कोषका निर्देशक शंकर नेपालले सो विषयमा जानकारी दिएका हुन् । कोषमा औपचारिक क्षेत्रका १० लाख कामदार र अनौपचारिक क्षेत्रमा रहेका ६० लाख जनतालाई सेवा पु¥याउन विभिन्न बैंकसँग समन्वय गरेर एकीकृत रुपमा काम गर्ने तयारी रहेको निर्देशक नेपालले बताए । गाउँगाउँमा कोषको कार्यालय राख्न नसकिने र यसले ब्ययभार बढ्ने भएकाले…
काठमाडौँ: सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ । सम्मेलनको तयारीका बारेमा अवगत गराउन आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सम्मेलनमा सहभागी हुने पाहुनालाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने निर्णय पनि गरेको छ । यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो । सम्मेलनको तयारीका बारेमा चासो व्यक्त…