Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ । तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् । गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन । विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो । विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार अध्ययन टोली बनाई आजदेखि अनुगमन कार्य शुरु गरिएको र आगामी १५ दिनभित्र प्रतिवेदन आइसक्ने बताए । कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक जना सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिले ल्याएको प्रतिवेदनको आधारमा कुन कुन जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने कुँवरले बताए । कामपामा कूल…
हेटौँडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र ४१८ केजी दाना खाल्टोमा पुरिएको छ । यही चैत २ गतेदेखि कृषि मन्त्रालय काठमाडौँबाट आएका पशु चिकित्सकसहितको प्राविधिक टोलीले आज बिहानसम्म स्थानीय नागस्वतीको करीब ३२ कुखुरा फार्ममा अनुगमन गरी बिरामी चल्ला र कुखुरालाई नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले बताए । उक्त वडाको विभिन्न फार्ममा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा र चल्ला, अण्डा र दाना गरी करीब रु…
काठमाडौँ: साफ महिला च्याम्पिनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारतले नै तुसारापात लगाइदिएको छ। विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ. पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फि्रकिकमा उत्कृष्ट गोल गरिन् । त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् । त्यसअघि १३औं मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल गोलकिपर आदिती चौहानले…
काठमाडौ: संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विकास निर्माणको काममा सरकारी निकायहरु बीच समन्वय नहुँदा खानेपानी लगायत अन्य पूर्वाधारको कामले गति लिन नसकेको बताउनुभएको छ । विश्व पानी दिवसको अवसरमा वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयक वास बहस’ मा बोल्दै सभापति खड्काले भन्नुभयो ‘विकास निर्माणको काममा पटक्कै समन्वय देखिदैन, एउटा निकायले सडक बनाउँछ, पिच गर्छ, त्यसको केही समयपछि अर्को निकायले भत्काउँछ पाइप विछ्याउँछ । जंगल छ, खानेपानीको मुहान छ, तर सडक खन्दा के असर पर्छ केही अध्ययन नगरिकनै धमाधम सडक खनिरहेको छ, यसले खानेपानीको मुहान सुक्दै गएको छ ।’ विकास निर्माणको नाममा अनधिकृत…
काठमाडौँ: जारी नेपाल र भारतबीच चलिरहेको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलको मध्यान्तरअघिको परिणाम एक-एक गोलको बराबरीमा सकिएको छ । नेपालले सुरुवाती २६ औं मिनेटमै गोल खाएको थियो भने त्यसलाई बराबरी गर्न नेपालीकी सावित्र भण्डारीले ३३ औं मिनेटमा बराबरी गोल फ़र्काइयेकी हुन् । भारतले चार पटक उपाधि जितेको छ भने नेपाली तीन पटक उपविजेता भनेको छ।
धम्बोझी: बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ । ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो । वागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो । उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएकोे छ । महानगरसँग वागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । उक्त आदेशमा वागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा…
काठमाडौँ: पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले भन्नुभयो । उहाँका अनुसार सामान्य नागरिकका उजूरीका सवालमा चित्तबुझ्दो नतिजा आए पनि सुरक्षाकर्मीका सवालमा भने अहिलेसम्म चित्तबुझ्दो नतिजा आउन सकेको छैन । आयोगले त्यस्ता खाले उजूरीको तथ्याङ्कलाई छुट्टै राख्ने भन्दा पनि घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्याङ्कअनुसार…