Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो । यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ । आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका…

Read More

काठमाडौं: नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी दूतावासले श्रम सचिवसमक्ष पेस गर्ने कार्यक्रम छ । जापान स्वयंमका लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको श्रम मन्त्रालयनिकट उच्च स्रोतले जनाएको छ । यो समाचार गोपाल साउदले नयाँ पत्रिकामा लेखेका छन्

Read More

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर(प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ । स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार साना लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगरिएको र ऐच्छिकरुपमा मात्रै लागू गरिने भएकाले दुविधामा नपर्न बोर्डले आग्रह गरेको छ । रु पाँच लाखभन्दा बढीको कारोवारमा प्यान अनिवार्य भए पनि सोभन्दा तलको हकमा भने ऐच्छिक…

Read More

काठमाडौँ: प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा सङ्घीय संसद्मा रहेका अधिकांश दलको प्रतिनिधित्व हुने गरी सांसद विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहनुभएको छ । उपसमितिलाई दुई साताभित्र सबै दलका शीर्षनेतासँग छलफल गरी नागरिता प्राप्तिमा सहमति हुन नसकेका सबै विषयमा सहमति जुटाई प्रतिवेदन…

Read More

काठमाडौँ : सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । “हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ,” दशवर्षे द्वन्द्वको पीडा भोगेका शान्तिप्रेमी नेपालीले देशलाई प्रगतिपथमा अग्रसर गराउन चाहेको…

Read More

गोरखा: पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो । “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उहाँले भन्नुभयो, “चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।” स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए । चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उहाँले बताउनुभयो । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए । घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा…

Read More

काठमाडौँ: अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महीनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । विद्युत्का पोलका कारण शहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो । संसारका कुनै पनि विकसित देशका शहरमा खुलारुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । विद्युतीय दुर्घटनाको जोखिम बढेकाले विद्युतीय तार भूमिगत गर्न लागिएको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ गत फागुन ६ गते ती…

Read More

काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ…

Read More

काठमाडौँ : पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीको नौ लाख ४७ हजार ७२६ कित्ता शेयर रु २७ करोड २४ लाख ९४ हजार ५६५ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १.०३, विकास बैंक…

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ । उक्त रकममा कर नलाग्ने व्यवस्था गरिएको छ भने नेपाल र भारतका सरकारबाट खरीदसम्बन्धी प्रक्रिया रेल विभागको अगुवाइमा कार्यान्वयन हुनेछ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । त्यसैगरी बैठकले प्रमाण ऐन, २०३१ लाई…

Read More