Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै…
काठमाडौँ: काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । उनीहरुले रु एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग…
काभ्रेपलाञ्चोक: रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति÷हताहती केही भएको छैन ।” जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी…
काठमाडौं: सम्पत्तिका लागि झगडा भएका उदाहरणहरु जहाँकहीँका हुन सक्छन् । तर अति व्यस्त सहर न्युरोडभित्र भने नालीबाट निकालिएको हिलो फोहोर किन्न मारामार हुन्छ । न्युरोडको नालीमा अवरोध आएको सुचना पाउनेबित्तिकै हुलका हुल आएर हिलो ओगट्ने क्रम चल्छ । ‘केही समयअघि ढल खोतल्दै गर्दा हिलो लिनका लागि कुटाकुट नै भयो,’ अवरोध खुलाउन खटिएका माइला तामाङ भन्छन्, ‘महिला पुरुषदेखि बालबालिकासम्म हारादुछ गर्छन्, कतिले पैसा दिएर लान्छन, कतिले थाहै नदिई राति उठाउँछन् ।’ न्युरोडभित्रका ढल अवरोध खुलाउने ठेक्का मकवानपुरका हर्क तामाङले गर्दै छन् । उनको भाइ माइलासहित केहीले ढल खोल्छनु र फोहोर बाहिर निकाल्छन् । यो समाचार राजेन्द्र मानन्धरले कान्तिपुरमा…
काठमाडौं: निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि गृह मन्त्रालयको बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ। अदालतले पक्राउ पुर्जी काटेपछि उनी मंगलबार अदालतमा हाजिर भएका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि विष्टलाई प्रहरी हिरासतमा राखिएको हो । विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू अदालतमा प्रमाणसहित हाजिर भएको मंगलबार बिहान…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो। बेलुका पाठकलाई निवासमै लगेर छोडिएको छ। उनीसँगको बयान नसकिएको अख्तियार स्रोतले जनाएको छ। पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४सै घण्टा निगरानीमा राखेका छन्। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए। उच्च स्रोतका अनुसार पाठकले बयानमा कलेज विवाद मिलाइदिने प्रलोभनमा…
काठमाडौँ: ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको मिलाइएको जानकारी दिनुभयो । “होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका छौँ”, उहाँले भन्नुभयो । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन,…
पोखरा: प्याराग्लाईडिङ दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् । ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ: सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनमा परेका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो सम्बोधन सहयोगी कक्षमा समायोजन भएका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेकादेखि समायोजन गर्दा स्तरोन्नति नभएको भनेर संशोधनका लागि निवेदन दर्ता गराएका छन् । मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनको माग गर्दै कर्मचारीको गुनासोको चाङ लागेको छ । मन्त्रालयले समायोजन भएका कर्मचारीलाई गुनासो सम्बोधनका लागि सहयोगी कक्ष बनाएपछि त्यस्ता गुनासा दैनिक दुई सय दर्ता हुने गरेका छन् । गुनासो सुनवाइ समितिका संयोजक तथा मन्त्रालयका सहसचिव रुपनारायण…
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् । ¬क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी¬’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारर्कीको जिज्ञाशामा नेता नेपालले भने, “यसबीचको कामको मुल्याङ्न गर्ने समय आएको छ । एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन ।” केन्द्र सरकार र प्रदेश नं. २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतउत्व गरिरहेको छ । नेता नेपालले पार्टी…