Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको छैटौं राउण्डको खेलमा स्वान्सी सिटीलाई ३-२ गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो । म्यानचेस्टर सिटीले नाटकीय प्रदर्शन गर्दै जित हात पार्‍यो । सुरुवाती समयमै दुई गोलले पछि परेको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनगरागमन गर्दै तीन गोल गर्न सफल भयो । म्यानचेस्टर सिटीका लागि बेर्नान्डो सिल्भा र सर्जियो अग्युएरोले गोल गरे । एक गोल भने स्वान्सी सिटीका खेलाडीले आत्मघाती गरेपछि उपाहार स्वरुप पाएको थियो । स्वान्सी सिटीका लागि भने मट गि्रमेस र बेरसान्ट सेलिनाले गोल गरेका थिए । खेलको २०औं…

Read More

भद्रपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो। विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन्। शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन। मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो। भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन। यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन। यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन्। कुनै समूह विद्यालय…

Read More

गाईघाट : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ । सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासीसहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए । यस्तै नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् ।

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ । निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् । निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ । ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो ।’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन् ।

Read More

काठमाडौँ: भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो । यो समाचार आजको मातृका दाहालले लेखेका छन् । कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घुस प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अ‍ोली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नु भएको छ । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहनुभएको छ । मन्त्री फेरिने छलफलसँग्ै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीले तयारी गरिसक्नुभएको छ । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर फेरबदल गर्ने तयारी रहेको स्रोतको…

Read More

काठमाडौँ:मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नैका शाखा पु¥याई वित्तीय पहुँच पु¥याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याएर वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ ।…

Read More

मध्यप्रदेश, भारत:  इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो । मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उहाँ शुक्रबार मारिनु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर रु नौ करोड ३८ लाख मूल्यमा कारोवार भए । साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो ।…

Read More