Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रुपमा शुल्क लिएको पाइएको हो । चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनीले लेखेका छन् ।
काठमाडौं: विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहाँहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको ेछ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ: विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित विदेशी लगानी तथा प्रंविधि हस्तान्तरण सम्बन्धी विधेयक तयार भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले यसअघि १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्थालाई सात दिनमा झारेको हो । सरकारले मूल विधेयकमा लगानीका लागि प्राप्त निवेदनमा १५ दिनभित्र निर्णय दिने व्यवस्था प्रस्ताव गरेको थियो । समितिको प्रतिवेदनसहितको विधेयक आइतबारको प्रतिनिधिसभाबाट पारितको तयारी भए पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधका कारण पेस हुन सकेन । चैत १५ र १६ गतेका लागि प्रस्तावित…
काठमाडौंँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गर्नुभएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन मन्त्री अर्यालले अभियान थाल्नुभएको हो । सो अभियान पहिलो चरणमा काठमाडौंँ उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट शुरू गरिएको छ । त्यसअन्तर्गत मन्त्री अर्यालले कलंकी मालपोत कार्यालयको आज अनुगमन गरेको उहाँका प्रेस संयोजक देविका घर्तीले जनाउनुभयो । देशैभर मालपोत र नापी डिजिटल कार्यालय अनुगमनपछि मन्त्री अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी मन्त्रालय अगाडि बढेको बताउँदै आगामी असारभित्र काठमाडौँ…
पोखरा: पोखराका अग्रज सञ्चारकर्मी स्व चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) को स्मृतिमा रु एक लाखको सञ्चारकर्मी सम्मान अक्षयकोष स्थापना गरिने भएको छ । स्वतन्त्र पत्रकार सङ्घ नेपालको राष्ट्रिय समितिको बैठकको निर्णयअनुसार अक्षयकोष स्थापना गर्न लागिएको सङ«घका अध्यक्ष कृष्णप्रसाद वास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पेशाप्रति निष्ठावान, निर्भिक र निडर सञ्चारकर्मीका रूपमा परिचित गोरखापत्र बाजेको स्मृतिमा स्थापना गर्न लागिएको उक्त पुरस्कार अक्षयकोषका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । कोषका लागि आदर्श समाज राष्ट्रिय दैनिकले रु २५ हजार, बाजेका कान्छा छोरा शिव पौडेलले रु २० हजार ५००, नेपाल ज्योतिष पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा बलराम रेग्मीबाट रु पाँच हजार १००, स्वतन्त्र पत्रकार…
विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आज आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको परिवर्तनको अनुभूतिलगायत विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गरी मुलुकमा सुशासन कायम गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा वर्जु ताललाई प्रदेश नं १ को पर्यटकीय…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ – विधेयकको मस्यौदाले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको छ, प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक हो । “मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रुपमा अघि…
काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले आज कारवाहीको सिफारिश गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको मान नेपाल गुणस्तरअनुरुप नभएकाले कारवाहीका लागि विभागले सिफारिश गरेको जानकारी दिए । “अनुगनमका क्रममा नेपाल गुणस्तर ऐन विपरीत भेटिएको जो कोही कम्पनीलाई पनि कारवाही गर्दै आएका छौँ,” उनले भने । विभागले उक्त सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर प्रमाण…
सुर्खेत: राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको हो । आयोजना प्रमुख सञ्जीव बरालले टिबिएमको सहायताले आजसम्म ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिए । सुरुङको लम्बाइ १२ हजार मिटर हो । “नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले थुपै्र आशङ्का थियो, सुरुङ निर्माणमा कुनै बाधा भोग्नुपरेन, अबको केही दिनभित्रै बाँकी ६०० मिटर निर्माण पूरा हुन्छ”, उनले भने, “भेरीको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ पनि निर्माण भइसकेको छ ।” नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै…
काठमाडौँ: सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको उठाउनुपर्ने बक्यौता र सङ्घसंस्थालाई भाडामा प्रयोग गर्न दिएको विषयमा सम्बन्धित पदाधिकारीलाई बोलाएर जानकारी लिएको हो । विभिन्न एयरलाइन्स तथा व्यापारिक प्रयोजनका लागि विभिन्न संस्थाले भाडामा लिएको स्थानसहित विमानस्थल कार्यालयलाई रु दुई अर्ब बुझाउनुपर्नेछ । विमानस्थलले उठाउनुपर्ने बक्यौता समयमा नउठाएको र समितिलाई सबै गोलमोटोल जवाफ दिने गरेको भन्दै ध्यानाकर्षण गराएका थिए । विमानस्थलले भाडामा लगाएका सटर तीन वर्षका लागि…