Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’ वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए । यसबारे संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्र्कष निकालेको थियो । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका…
बुटवल: बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ । राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी…
काठमाडौं: सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक पदमा बहाल रहेका राष्ट्रसेवकले आफ्ना छोराछोरीहरूलाई सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्न सक्नेछ भनी उल्लेख गरिएको छ । सो व्यवस्था लागू भएपछि सरकारी कोषबाट तलब खाने सबैका छोराछोरीलाई माध्यमिक तहसम्मको शिक्षा सार्वजनिक विद्यालयमै दिनुपर्ने छ । ऐनको…
काठमाडौँ: नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले हालै देशका केही स्थानमा भएका बम विष्फोटका घटनाको निन्दा गर्दै त्यसबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त…
काठमाडौँ: सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गर्नुभएको थियो । कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था…
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताउनुभयो । प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उहाँ नेपाल आउनुभएको थियो । सो प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो…
कांग्रेसका दुई खेमाका विद्यार्थी नेताले गर्दा पार्टी कार्यालय तनावग्रस्त, प्रहरीमाथि उल्टै ढुंगामुडा
काठमाडौँ: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा र अर्को समूहबीच झडप हुँदा द्वन्द व्यवस्थापनका लागि पुगेको नेपाल प्रहरीले उल्टै ढुंगामुडा सहनू परेको छ। पार्टीको विद्यार्थी संगठनका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा स्थिति तनाबग्रस्त बनेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरी लाठीचार्जबाट दर्जनाैं घाइते भएका छन्। कांग्रेसले आइतबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। सो समयमा केन्द्रीय कार्यालय पुगेका नेताहरुलाई नेविसंघ नेताहरुले कार्यालय प्रवेश गर्न अवरोध गरेका थिए। विवाद चर्किंदै जाँदा दुई पक्षबीच झडप भएको हो। सो समयमा केन्द्रीय कार्यालय पुगेका नेताहरुलाई नेविसंघ नेताहरुले कार्यालय प्रवेश गर्न अवरोध गरेका थिए।…
क्यालिफोर्निया: सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य हुनुहुन्थ्यो । सन् २०१७ मा उहाँले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गर्नुभएको थियो । कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिनुभएको छ । ––
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापाक नेप्से परिसूचक आइतबार १० दशमलब ७५ अंकले घटेर एक हजार १०२ दशमलब ३२ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४२ अंकले घटेर २३४ दशमलब १८ अंकमा झरेको छ । आज कूल १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर २० करोड ९९ लाख ९७ हजार ५६९ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक ९ दशमलब ०१ अंक, विकास बैंक ५ दशमलब २६ अंक र जलबिधुत ९ दशमलब ३२ अंकले घटेका…
काठमाडौँ: विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो । प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतीजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका…