Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । सरकारी वार्ता टोलीको स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुपर्ने कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ । वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षको छ ।
काठमाडाैं: ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अोभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए । ‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी…
हेटौँडा: दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पाल्नुभएको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो । विशेष परीक्षणमार्फत नमूना पठाइएको…
नयाँदिल्ली: भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ । यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो । यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो । उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो । काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा…
काठमाडौँ: सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै प्रचलित कानूनबमोजिम कार्वाही गर्ने भएको छ । उक्त समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने वा सहयोग पु¥याउने व्यक्ति, संस्था वा समूहलाई समेत कानूनी दायरामा ल्याउने निर्णय गरेको हो । विभिन्न मितिमा भएको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहले मूलधारको राजनीतिक गतिविधि नभई आफ्नै अभीष्ट पूरा गर्ने सङ्गठित प्रकारका आपराधिक गतिविधि सञ्चालन गरेकाले प्रतिबन्ध लगाइएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्को यही फागुन १३, १५, १९, २६ र २८ गतेको निर्णय आज सिंहदरबारमा पत्रकार…
विराटनगर: पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल खेलेका थिए । बङ्गलादेशको आक्रमणलाई भूटानी डिफेण्डरले पहिलो हाफसम्म विफल बनाएका थिए । बङगलादेश साफ सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल र बङ्गलादेशबीच शनिबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । भूटान पहिलो खेलमा…
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि शुरु भएको दुईदिने ‘छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ प्रशिक्षक÷प्रशिक्षा’ कार्यक्रममा उनले अनुदान सम्झौता गर्नुपर्ने सबै काम सम्पन्न गर्ने लक्ष्य पूरा गर्न अभिमुखीकरण मुख्य कोशेढुङ्गा बन्ने बताए । राष्ट्रिय पुनःर्मिाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (जिमाली)का आयोजना उपनिर्देशक हरिप्रसाद शर्माले काम शुरु गर्नुभन्दा अगाडिका व्यावहारिक कुरा मिलाउन गाह्रो हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । समुदायमा मान्छे चिन्न र कानूनी विषयमा देखिएका समस्यामा समाधान गर्न वडाध्यक्ष र सचिवसँग निरन्तर समन्वय गरेर काम गर्न सुझाव दिए । कार्यक्रममा प्रत्येक जिल्लाबाट जिल्लास्थित जिल्ला सहयोग इञ्जिनीयर र ‘फोकल पर्सन’ गरी दुई जनाका दरले ३२ जिल्लाका सहभागी…
काठमाडौँ: सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे । सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उनिहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।” उनले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले…
काठमाडौँ: प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेको शैक्षिक…
काठमाडौँ : ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ । नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी आज आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको…