Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको विभिन्न स्थानमा बर्डफ्लु रोगबाट प्रभावित कुखुरालाई नष्ट गरी गरिने भएको छ । स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला गरी ४१ हजार ७६५ पशुपक्षीलाई चैत २ गते (शनिबार) बिहान ९ बजेदेखि काठमाडौँबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । उक्त आकस्मिक बैठकले कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला नष्ट गरिँदा ती कृषकलाई राहतस्वरुप अनुदान प्रदान गर्न जिल्ला पशुसेवा कार्यालयका प्रमुख चिकित्सक डा चेतनाथ खरेलको संयोजकत्वमा मूल्य निर्धारण गर्ने पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कानूनी दायराभित्र रहेर तोकिएको काम गर्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर जलविद्युत् आयोजनामा तीव्रता साथ काम गर्न आग्रह गरेका छन् । विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्रालयमा आज आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले आयोजना मात्रै जिम्मा लिएर बस्ने र काम नगर्ने प्रवृत्ति त्याग्न र तोकिएको समयमा निर्माण सक्न ध्यानाकर्षण गराएका हुन् । “हामी समस्या समाधानका लागि प्रतिबद्ध भएर नै लागेका छौँ”, मन्त्री पुनले भने, “वास्तवमै समस्या समाधान होओस् भन्ने पक्षमा सरकार छ, हामी प्रवद्र्धकको माग र समस्याको समाधान गर्न चाहन्छौँ, सरकारको इच्छा र चाहनालाई समेत प्रवद्र्धकले ध्यान दिनुपर्छ ।” उनले काम नगर्ने र…
खोटाङ : रावाबँेसी गाउँपालिका–५, दुवेकोल र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा भीषण आगलागी भएको छ । जङ्गलबाट गाउँ पसेको डढेलोले अहिलेसम्म आधा दर्जन घर जलेर नष्ट भइसकेको छ । आगलागीबाट दुवेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेशर पाण्डे र भीम पाण्डेको घर जलिसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए । सोही डढेलोले सिमानामा पर्ने ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घरसमेत जलिसकेको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिएका छन् । नियन्त्रणबाहिर रहेको डढेलोले अन्य घरसमेत जोखिममा परेपछि ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको जनाइएको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित गढीथुम्का तथा काँसेघडेरी सामुदायिक वनबाट शुरु…
कपिलवस्तु: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विप्लव समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताए । सो अवसरमा नेता पौडेलले सिके राउतले विखण्डनकारी निति अझै नछोडेको भन्दै सिके राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाए ।
काठमाडौँ: दोहोरो नागरिकता लिनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र रु एकदेखि तीन लाखसम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा यस्तो सहमति जुटेको हो । विधेयकका दफा ५, ६ र ७ बाहेक सबै बुँदामा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिए । बैठकमा सांसदहरु रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु, जनार्दन शर्मा, यशोदा सुवेदी, झपट रावल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीना पाण्डे, वृजेशकुमार गुप्ता, अमरेशकुमार सिंहलगायतले नागरिकतामा गलत तथ्य पेश गरी नागरिकता लिन सिफारिस गर्ने आमा बाबु दुवैलाई कडा कारवाहीको व्यवस्था गरिनुपर्ने…
काठमाडौँ : हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको साताँै महीनाको विवरणमा हिमाली क्षेत्रमा उपभोक्ता मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत रहेको पाइएको हो । यस्तै काठमाडौँ उपत्यकामा पाँच दशमलव दुई प्रतिशत, पहाडमा चार दशमलव नौ प्रतिशत र तराईमा तीन दशमलव चार प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति हिमाली, काठमाडौँ उपत्यका, पहाडी क्षेत्र र तराईमा क्रमशः पाँच दशमलव चार, चार दशमलव पाँच दशमलव एक र पाँच दशमलव छ प्रतिशत रहेको थियो । गत माघ महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव चार प्रतिशत रहेको छ…
काठमाडौँ: रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ महिला, मलेसियामा २०२ पुरुष र तीन महिला, ओमनमा एक पुरुष र दुई महिला, साउदी अरबको जेलमा ३१ र रियादमा २३ पुरुष, कतारमा ३५ पुरुष र बहराइनमा पाँच पुरुष कामदार कारागारमा बन्दी अवस्थामा रहेका पाइएको बोर्डले जनाएको छ । त्यसैगरी कामका सिलसिलामा दुर्घटनामा परी २१ पुरुष…
काठमाडौँ: प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आज शुक्रबारदेखि बेरोजगार सूचीकरण शुरु गरिएको छ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । रोजगारीको खोजीमा रहेका युवाले आफूले…
काठमाडौँ: डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ । डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ । डिल्लीबजार कारागारका उपसचिव एवं जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताउनुहुन्छ । “थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,” उहाँ भन्नुहुन्छ “उक्त जग्गामा…
एजेन्सी: सिरिज खेल न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ। शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्। उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए। मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो। पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए। अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ। उनीहरूले शनिबार न्युजिल्याण्डको अन्तिम टेस्ट म्याच खेल्ने/नखेल्ने अन्यौल भएको छ। शुक्रबार न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीले गोली चलाएको र केही मानिसको ज्यान…