Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेकोभन्दै कैलालीमा एउटा भाडाको सवारीसाधनमा आगजनी भएको छ। प्रहरीले कैलालीबाट शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहेको जन्ती बसमा आगजनी भएको हो। आगजनीले बस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। यसको विस्तृत विवरण आएको छैन। यस्तै मकवानपुर र नवलपरासीमा दुईवटा मागबाहक ट्रकमा तोडफोड भएको छ। विप्लव समूहका कार्यकर्ताले गुडिरहेको ट्रकमा ढुंगा प्रहार गरेका हुन्। यस्तै बन्दकैक्रममा विप्लव समुहले सर्वसाधारण आवतजावत गर्ने मूल बाटोमा बम राखेका छन्। पोखरा, रुपन्देही, रौतहट, दाङ, गोरखा र नवलपरासी लगायतका स्थानमा बम फेला परेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीका…
धनुष: वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी…
काठमाडौं: सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ । आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुले भने अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ । साना-ठूला सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले…
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याउनुभयो । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली…
काठमाडौं: सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिँदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ । सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको जिकिर गरेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो । तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ । ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो…
काठमाडौँ: विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौँ: जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ । रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो । निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताउनुभयो । पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा…
दुल्लु: सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए । समुदायका पाँच अगुवा भने सुकिलामुकिला कपडासहित कतै जाने तरखर गर्दै थिए । समुदायका तीन मुखिया, महामुखिया र एक युवासहित समुदायका अगुवा अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन् । एकैछिनमा जिप चढे र वीरेन्द्रनगर सुर्खेततर्फ…
सुर्खेत: कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ । लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ’ उनले भने ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ उनले विप्लव समूहले अस्थायी…
काठमाडौँ: सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले प्रधानमन्त्रीलाई अयोजना कार्यान्वयनको सबै जिम्मेवारी दिएको छ । उर्जा, सडक जस्ता मुख्य भौतिक पूर्वाधार आयोजनाका अधिकांश परियोजना प्रधानमन्त्रीको मातहतमा जाने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । विधेयकको व्यवस्था अनुसार प्रधानमन्त्री आयोजना छनोट गर्नेदेखि कार्यान्वयनमा नीतिगत निर्देशन दिने निर्देशक समितिको अध्यक्ष हुनेछन् । अर्कोतर्फ, आयोजनाको कार्यकारी निर्देशक छनोट गर्ने समितिमा प्रधानमन्त्री मातहत रहने राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिने प्रस्ताव विधेयकमा छ…