Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ । यही २०८१ साउन ९ गते देखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो । नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ । मन्त्रालयले थप जानकारीका लागि टोल फ्रि नम्बर १११५ मा फोन गर्न आग्रह गरेको छ । पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ ? मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरण काटेको विभिन्न उद्योगको बिजुली जोड्न तयार देखिएको छैन । शुक्रबार मात्र प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले लाइन नजोड्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए । प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै…
काठमाडौं : ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन्…
काठमाडौँ:क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पूर्ण पाठ पाटन उच्च अदालतले सार्वजनिक गरेको छ। उच्च अदालतले गौशाला–२६ लाई बालिग (१८ वर्ष पुगेको) ठहर गर्दै सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै भएको पूर्ण पाठमा उल्लेख गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासबाट गत जेठ २ गते भएको फैसलाको पूर्ण पाठमा पीडित भनिएकी किशोरी आफै सन्दीपको गाडीमा चढ्न गएकी, २ महिनापछि विदेशबाट फर्किँदा भेटौँला भन्दा पनि नमानेकी, राति अबेरसम्म नगरकोट घुम्न गएकी, पहिला होस्टल जुनसुकै बेला खुला हुन्छ भने पनि काठमाडौँ आइसकेपछि राति खुला हुँदैन भनेकी, होटलमा कुनै झै–झगडा वा मनमुटावको संकेत नदेखाएकी लगायत तर्क गरिएको छ। ‘पीडित आफैले…
काठमाडौँ: नेपालि सेनाको सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका वडा नं.१३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन श्रावण ४ गते अर्थात शुक्रबारबाट संचालनमा आएको छ। पेट्रोल पम्पको उद्धघाटन प्रधान सेनापति महारथी प्रभुराम शर्माले एक समारोहकाबीच समुद्घाटन गरेका थिए ।यसैगरी आजै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहकोसमेत समुद्घाटन गरेका छन्।पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् । नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्। आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे। ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो। म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ। त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ,’ उनले भने। करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला…
काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस बेपत्ता भएको शुक्रबार (आज) एक हप्ता पुगेको छ। अघिल्लो शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलतालमा सँगै भएका बेला पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु थिए। तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए। नदीमा बेपत्तामध्ये हालसम्म २२ जनाको शव फेला परेको छ। बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको…
काठमाडौँ महानगरपालिकास्थित न्युरोडमा थालिएको फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि विस्तारको काम सुरु गरेको थियो। तर, फुटपाथ बढाउन नहुने उनीहरूको माग थियो। न्युुरोडमा अहिले ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। बिहानैदेखि स्थानीय र व्यवसायीहरूले विरोध प्रदर्शन थालेका हुन्। यसअघि पनि न्युरोडमा पार्किङ खाली गराएर सडक विस्तारको काम भएको थियो। त्यतिबेला पनि स्थानीयले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सडठक डिभिजन काठमाडौँले अनुमति नलिइ काम गरेको भन्दै फुटपाथ विस्तार रोकेको थियो। महानगरले फुटपाथका लागि काटेको सडकमा सडक डिभिजनले पुनः पिच गरेपछि उक्त विवाद अदालतसम्म…
काठमाडौँ: मन्त्रिपरिषद् मातहतका पाँच समिति र संयोजक तय भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रिपरिषद्का विभिन्न समिति गठन गरी तिनका संयोजक तोकेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको जानकारी दिएका छन् । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, आर्थिक पूर्वाधार समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ । विधेयक समितिको संयोजक गृहमन्त्री रमेश लेखकलाई बनाइएको छ भने प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् । सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह…
काठमाडौँ: मन्त्रिपरिषदकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई नियुक्ति गर्ने निर्णय गरेको हाे। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै नेकपा एमालेका उपमहासचिव रिमाल प्रमुख राजनीतिक सल्लाहकार भएका थिए । यसैगरी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडा २०७४ सालमा ओलीकै मन्त्रिपरिषदमा अर्थमन्त्री नियुक्त भएका थिए । त्यसपछि, उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । जसपश्चात केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रूपमा खतिवडाले जिम्मेवारी सम्हालेका थिए ।