Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । नेता अधिकारीको पार्थिव शरीरमा उहाँकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत…
काठमाडौँ: पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेकाे हाे । उनको पार्थिव शरीरलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन्। यसैगरी उनलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालयका उल्लेख्य संख्याको उपस्थिति रहेको छ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको थियो ।
काठमाडौँ: महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गर्ने दुई पक्राउ यसैगरी,…
पोखरा : पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए । पोखराको सराङकोटबाट फ्लाइडर गर्न उडेकी उनि आज बिहान ११ बजे फेवातालमा खसेका थिए । उनलाई फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो । गम्भीर घाइते अवस्थामा उनलाई मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ । प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सिधै तालमा खसेको बताइएको छ ।
काठमाडौं: पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको प्रहरीले जन्येको छ । घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्याइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो । यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो । त्यस्तै आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
काठमाडौँ: शनिबार उपचारका क्रममा दिवंगत भएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ। उनको पार्थिव शरीरलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन्। यसैगरी उनलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालयका उल्लेख्य संख्याको उपस्थिति रहेको छ। पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि १२ बजेसम्म राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
काठमाडौँ : पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ । बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास…
काभ्रेपलाञ्चोक : आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए । गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले दुई स्थानमा सम्झौताविपरीत बालुवा उत्खनन गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए । सम्झौताअनुसार ९२ सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदार कम्पनीले १० देखि १५ मिटरसम्म बालुवा निकालेपछि बस्ती जोगाउन विरोधमा उत्रिएको स्थानीयवासी टेन्डी…