Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नवलपरासी: नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताउनुहुन्छ । यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब ८४० किलोमिटर…
कञ्चनपुर: कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उहाँले भन्नुभयो । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।
चौतारा: प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आज जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । पक्राउ पर्नेमा १३ पुरुष र चार महिला छन् । उनीहरुको साथबाट सैन्य तालीम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्पलेटलगायत कागजात बरामद गरिएको छ । जिल्लाका व्यवसायी, क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली…
काठमाडौँ: क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् । क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण…
काठमाडौँ: पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । प्रिःमनसुन शुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग श्रेष्ठले रु २५ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पर्सा, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेड, श्रीपुर शाखा वीरगञ्जबाट कृषि ऋण मिलाइदिने बहानामा प्रअ गिरीले एक सेवाग्राहीसँग पहिलो चरणमा रु १२ हजार घुस मागेको अभियोग लागेको छ…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । यस्तै दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ…
काठमाडौँ: शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए । ‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’ पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।
फागुन: सरकारले फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गर्ने भनी सामाजिक सञ्जालमा प्रेषण भएको सूचना गलत र भ्रामक भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कसैले भ्रम फैलाउने उद्देश्यले यस्ता सूचना सम्प्रेषण गरेको बताएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले गलत सूचना सम्प्रेषण गर्नेलाई कारबाहीको अघि बढाएको भन्दै यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेका छन् । केही दिनयता सरकारले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेको भनी गलत सूचना सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ । ‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएका नेता अधिकारीलाई श्रद्धाञ्जलि दिन नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा उपस्थित नेताले पुरानो र नयाँ पुस्तालाई जोड्ने सादा जीवन उच्च विचारका कम्युनिष्ट अगुवाका…