Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरिएको छ…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्ने नागरिकले विदेशको शेयर तथा घरजग्गा खरिद देखि विदेशी बैंकमा निक्षेप जम्मा गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएको छ । कतिपय व्यवसायीले विदेशमा अपार्टमेन्ट खरिद गर्ने तथा बचतसमेत जम्मा गर्ने र शेयर खरिद गर्ने गरेकाले नेपालमा लगानी योग्य पुँजी अभाव भएको आशंका गरिँदै आएको थियो । सूचनामा भनिएको छ, “विदेशमा घरजग्गा खरिद धितोपत्र खरिद सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्नू नगराउनु । नेपाल राष्ट्र बैंक विदशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार कुनै नयाँ प्रवृत्ति देखिएर भन्दा पनि…
काठमाडौं: वामपन्थी नेता घनश्याम भुसालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन् । भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले…
काठमाडौं: नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ ।…
काठमाडौँ: पछिल्लो समय ठूला उद्योगहरुमा भएको विद्युतको निरन्तर अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले संयुक्त विरोध जनाएका छन् । उद्योग क्षेत्रमा पछिल्लो समय दैनिक आठ घण्टासम्म विद्युतको अनियमित कटौति र अत्यधिक ट्रिपिङको समस्याका कारण उद्यागहरु मरणासन्न अवस्थामा पुगेको उनीहरुले बताएका छन् । विगतको अस्थिर र अन्यौलताको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तिय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्र पुनः अघोषित लोड सेडिङको मारले थलिनु परेको आरोप उनीहरुको छ । “वैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानको खोजी हुँदै गर्दा निजीक्षेत्र नयाँ सरकारको गठन…
रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सन्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताउनुभएको छ । ूकेबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,ू उहाँले भन्नुभयो । उहाँले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुने छ ।मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नु पर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिहरुको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ । आन्दोलनमा समान, नेपाल नामक गैरसरकारी संस्थाले साथ दिएको छ । आन्दोलनमा महिलालाई अगाडि सारिएको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक…
काठमाडौँ:उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका सन्दीप लामिछानेले काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ। बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीसहित उच्चले सर्तसहित रिहा गर्न आदेश दिएको हो। कारागारमुक्त हुन उनले नगदै धरौटी बुझाउनुपर्ने भएपछि भोलि मात्रै रिहा हुने भएका छन्। क्रिकेट खेल्न भने उनलाई प्रतिबन्ध गरिएको छैन। कुनै काम विशेषका कारणले काठमाडौं उपत्यका छाड्नु पर्दा छोड्नु अघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनु पर्ने आदेशमा उल्लेख छ। जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनु पर्ने आदेशमा भनिएको छ। https://drive.google.com/file/d/1Oewv0_ArEpZ3QxvR0Z4aLn-FRiI_RoPp/view
काठमाडौं: निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उनीविरुद्ध नाबालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। उच्च अदालत पाटनले उनलाई विहिबार धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार मात्र थुनामुक्त गरिने बताए बताए । ‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘काठमाडौंबाट…
काठमाडौँ: नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमति सकारात्मक भएको बताएको छ । अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमती सकारात्मक भएको परिसंघले जनाएको छ । परिसंघद्वारा जारि विज्ञप्तीमा भनिएको छ, “अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदर लगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा ब्याजदर घटाउने निर्णयले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास छ ।” निक्षेपको ब्याजदर घटेसँगै बैंकको लागत घट्ने र यसले आधारदर र कर्जाको ब्याजदर पनि घटाउने परिसंघको बुझाई…
