काठमाडौँ:
उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका सन्दीप लामिछानेले काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ।
बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीसहित उच्चले सर्तसहित रिहा गर्न आदेश दिएको हो।
कारागारमुक्त हुन उनले नगदै धरौटी बुझाउनुपर्ने भएपछि भोलि मात्रै रिहा हुने भएका छन्।
क्रिकेट खेल्न भने उनलाई प्रतिबन्ध गरिएको छैन।
कुनै काम विशेषका कारणले काठमाडौं उपत्यका छाड्नु पर्दा छोड्नु अघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनु पर्ने आदेशमा उल्लेख छ।
जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनु पर्ने आदेशमा भनिएको छ।
https://drive.google.com/file/d/1Oewv0_ArEpZ3QxvR0Z4aLn-FRiI_RoPp/view
