Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो । इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन ।

Read More

जर्जिया: अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

Read More

चितवन: दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । दसौँ एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए । शनिबार अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय…

Read More

भैरहवा : नेपाल भित्र्याइएको साढे २ अर्बको बुद्ध मूर्तिलाई बिहीबार लुम्बिनी र आसपासका ठाउँ परिक्रमापछि शनिबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। उक्त मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा म्यानमारको माल्वीन ग्रुपले भिक्षु कालिगडद्वारा तयार गरिएको हो। एक हजार ८०० किलो तौल भएको बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। बहुमूल्य जेड स्टोन धातुको बुद्ध मूर्ति म्यानमारबाट हङकङ हुँदै भारतको कोलकत्ता बन्दरगाहबाट भैरहवा ल्याइएको हो। शनिवार सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी होटल संघले बुद्ध मूर्तिलाई स्वागत तथा परिक्रमा गराएको हो।

Read More

बझाङ:बझाङमा गत सोमबार राति अविरल वर्षाका कारण पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये शनिबार थप एक जनाको शव फेला परेको छ। कात्तिक २ गते थलारा गाउँपालिका-४ डिखलामा पहिरोले कलक पार्कीको घर पुरिँदा उनकै परिवारका १८ जना र छिमेकी नरे पार्कीका ५ जना बेपत्ता थिए। बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसअघि बेपत्तामध्ये ३ जनाको शव फेला परिसकेको छ। मृत भेटिनेमा आयुष पार्की, विकास सार्की र सीता सार्की छन्। शनिबार फेला परेको शवको भने सनाखत भइसकेको छैन। शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। अझै १९ जना बेपत्ता छन्। घटनापछि नेपाली…

Read More

काठमाडौँ: देशभर थप ५१३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँमा सर्वाधिक १५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् । यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ मा भएको दश बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको बताएका छन्। देशभरका वडा अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट बोधन गरेर केन्द्रीय कार्यालय थापाथली हाइटबाट बाहिरिँदै उनले यस्तो बताएका हुन्। उपाध्यक्ष रावलको राजीनाबारे सञ्चारकर्मीले ओलीसँग जिज्ञासा राखेका थिए। ‘उहाँले राजीनामा के को गर्नुभयो? के संयोजन गर्न सकिनँ भन्नुभयो, सहजीकरणको संयोजक हुनुहुन्थ्यो’, उनले भने, ‘मैले गरेर भएन भन्नुभयो, त्यो त्यत्रो ठूलो कुरा पनि होइन, त्यो लिखित पनि होइन, स्वीकार्य पनि होइन र अस्वीकार्य पनि होइन, केही पनि होइन।’

Read More

काठमाडौँ: नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको बताएका छन्। ‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेको छैनौं । छलफलमै छौं । भोलि उहाँलाई भेट्ने कार्यक्रम छ’, उनले शनिबार रिपोर्टर्स क्लबमा भने, ‘उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ। भोलि छलफल भएपछि बारको बैठक बस्छ । महाभियोगको प्रश्न त पार्लियामेन्टको कुरा हो ।’ अध्यक्ष श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएकाले समस्या आएको टिप्पणी गरेका छन्। ‘उच्चतम योग्यताको आधारमा भन्दा भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गरिए। हामीले यस्तो नियुक्ति ठीक भएन भनेकै हौँ’, उनले भने, ‘भागवण्डाको परिणाम न्याय सम्पादनमा असर पर्ने नै भयो । हामीले न्याय परिषद्…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिबार एक साथ वडा अधिवेशन सुरु गरेको छ। थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन्। मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा अधिवेशन गरिएको हो। एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार शनिबार देशका ६ हजार ७४३ वडामा अधिवेशन भइरहेको छ।

Read More

काठमाडौँ: बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आज (शनिबार) देखि सञ्चालनमा आउँदै छ। विमानस्थलको धावनमार्गमा बाढी पसेपछि विगत तीन दिनदेखि विमानस्थल बन्द थियो। जमेको पानी सुक्दै गएपछि आजबाट विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो। अब तत्कालका लागि भीएफआर उडान मात्र हुने प्राधिकरणले जनाएको छ। उपकरणहरुको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ। दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई विराटनगर विमास्थलबाट रात्रिकालीन उडान हुनेछैन।

Read More