भैरहवा : नेपाल भित्र्याइएको साढे २ अर्बको बुद्ध मूर्तिलाई बिहीबार लुम्बिनी र आसपासका ठाउँ परिक्रमापछि शनिबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ।
उक्त मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा म्यानमारको माल्वीन ग्रुपले भिक्षु कालिगडद्वारा तयार गरिएको हो।
एक हजार ८०० किलो तौल भएको बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।
बहुमूल्य जेड स्टोन धातुको बुद्ध मूर्ति म्यानमारबाट हङकङ हुँदै भारतको कोलकत्ता बन्दरगाहबाट भैरहवा ल्याइएको हो। शनिवार सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी होटल संघले बुद्ध मूर्तिलाई स्वागत तथा परिक्रमा गराएको हो।
Facebook Comments Box