काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ मा भएको दश बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको बताएका छन्।
देशभरका वडा अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट बोधन गरेर केन्द्रीय कार्यालय थापाथली हाइटबाट बाहिरिँदै उनले यस्तो बताएका हुन्।
उपाध्यक्ष रावलको राजीनाबारे सञ्चारकर्मीले ओलीसँग जिज्ञासा राखेका थिए।
‘उहाँले राजीनामा के को गर्नुभयो? के संयोजन गर्न सकिनँ भन्नुभयो, सहजीकरणको संयोजक हुनुहुन्थ्यो’, उनले भने, ‘मैले गरेर भएन भन्नुभयो, त्यो त्यत्रो ठूलो कुरा पनि होइन, त्यो लिखित पनि होइन, स्वीकार्य पनि होइन र अस्वीकार्य पनि होइन, केही पनि होइन।’
Facebook Comments Box