Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सडकमा पैसा फालेर भागेकी महिलाको पिसिआर रिपोर्टमा कोरोनाभाइरस नेगेटिभ आएको छ। प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले आरडिटी रिपोर्ट पोजेटिभ आएकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिए। उनले भने ‘हिजो प्रहरीले पक्राउ गरेको एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आए पनि पिसिआरमा उनीहरुकाे रिपोर्ट नेगेटिभ भेटिएको छ, त्यसैगरी सर्लाहीका १४ वर्षीय बालकको पिसिआर रिपोर्ट समेत नेगेटिभ नै आएको छ।’ शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकस्थित सडकमा दुई जना महिलाले पैसा फालेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रहस्यमयी तरिकाले पैसा फालेको भेटिएपछि धनुषा प्रहरीले हिजो दिउँसो करिब साढे दुई बजेतिर नातामा नन्द र भाउजु…

Read More

काठमाडौँ: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले राससलाई जानकारी दिनुभयो । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौँ–ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पु¥याइदिएको थियो । यसअघि निगमको…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको मात्र जनाएको छ । मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो । मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र रु २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम…

Read More

वासिङ्गटन डिसी, ७ वैशाख (रासस) : अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ । अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कनुभएकामा पनि खुशी व्यक्त गर्नुभएको थियो ।

Read More

काठमाडौँ: थानकोट डिपोदेखि बसुन्धराको पेट्रोलपम्पसम्म ढुवानी गर्ने क्रममा ट्यांकर चालकले पेट्रोलमा पानी मिसाएको भेटिएको छ। शुक्रबार निगमको बागमती प्रादेशिक कार्यालय थानकोटबाट ना ४ ख ३१५६ नम्बरको ट्यांकरबाट बिक्री वितरण गरिएको २० हजार लिटर पेट्रोलमध्ये ८ हजार लिटर महालक्ष्मी फ्यूल सेन्टर, बसुन्धराले खरिद गरेको थियो। उक्त पेट्रोल पम्पले शनिबार बिहान बिक्री वितरण गर्नुपूर्व पेट्रोलको गुणस्तर पम्पको नोजलबाट चेक जाँच गर्ने क्रममा पेट्रोलमा पानी देखापरेपछि निगमलाई जानकारी गराएको थियो। ८ हजार लिटर पेट्रोलमा ५ सय लिटरभन्दा बढी पानी मिसाइएको भेटिएको छ। महालक्ष्मी फ्यूल सेन्टरले पेट्रोलमा पानी देखिएको सम्बन्धमा निगमको बागमती प्रादेशिक कार्यालय प्रमुखलाई जानकारी गराएपछि पम्पको बिक्री वितरणसमेत…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेनि’सँग सम्झौता गरेको हो । बैकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियोे । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । ;स्पष्टीकरण मागसहितकाे सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ । टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले ‘पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको’ दावी गरे । ‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको…

Read More

नेपालगञ्ज: नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट…

Read More

काठमाडौँ: नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।

Read More