काठमाडौँ: सडकमा पैसा फालेर भागेकी महिलाको पिसिआर रिपोर्टमा कोरोनाभाइरस नेगेटिभ आएको छ।
प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले आरडिटी रिपोर्ट पोजेटिभ आएकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिए।
उनले भने ‘हिजो प्रहरीले पक्राउ गरेको एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आए पनि पिसिआरमा उनीहरुकाे रिपोर्ट नेगेटिभ भेटिएको छ, त्यसैगरी सर्लाहीका १४ वर्षीय बालकको पिसिआर रिपोर्ट समेत नेगेटिभ नै आएको छ।’
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकस्थित सडकमा दुई जना महिलाले पैसा फालेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
रहस्यमयी तरिकाले पैसा फालेको भेटिएपछि धनुषा प्रहरीले हिजो दिउँसो करिब साढे दुई बजेतिर नातामा नन्द र भाउजु पर्ने दुबै महिलालाई मस्जिद नजिकबाट पक्राउ गरेको थियो।