Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोटी: जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो । अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा…
काठमाडौँ: कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा…
काठमाडौँ: सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ । शनिबार राति सम्पन्न कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल…
काठमाडौँ: कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए । हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो । कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन्। हेल्थ डेस्क राखिएको स्थानदेखि कञ्चनपुर भन्सारको ब्यारियरसम्मै यात्रुको भीड बढेपछि सुरक्षाकर्मीलाई समेत नियन्त्रण गर्न समस्या भएको…
काठमाडौँ: कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित…
काठमाडौँ: काठमाडौं उपत्यकामा ग्यास आपुर्तिमा सहज बनाउन २२ वटा स्थानबाट बिक्री वितरण गर्न गरिने भएको छ। गायासको माग अत्यधिक बढेसँगै नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहयोगमा २२ वटा स्थानबाट ग्यास वितरण गर्न लागेको हो । अति आवश्यक भएको अवस्थामा तत्काल माग पूर्ति गर्नका लागि तोकिएकै मूल्ययमा नयाँ आउटलेटबाट ग्यास उपलब्ध गराइने भएको हो। नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थलीर नैकापमा नयाँ बिक्रीकक्ष राखेको छ। त्यस्तै बाबा/श्री/लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट बिक्री वितरण गर्नेछन् ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो । तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।…
सुर्खेत: कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको कर्णाली प्रदेशस्तरीय विपद् व्यवस्थापन परिषद र विपद व्यवस्थापन कार्यान्वयन समितिको बैठकले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बैठकले कोरोनाभाइरस संक्रमणको लक्षण देखिएमा मानिसलाई राख्नका लागि पूर्वा तयारीस्वरूप क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो। तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रांगणमा ६०० बेड र रेडियो नेपालको प्रांगणमा ४०० बेड राखेर क्वारेन्टाइन स्थापना गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। मन्त्री केसीका…
काठमाडौँ; कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ । यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र…
काठमाडौँ: शनिबार अनुमतिबिना मलेसिया, युएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई नेपाली सेनाको बसमा साँझ क्वारेन्टाइनस्थल पुर्याइएको हो। सुरूमा ६२ जनालाई क्वारेन्टाइनको लागि पठाइएकोमा फेरि एक जना थपिएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए। यसपटक भने क्वारेन्टाइनमा बस्नेले खानाको खर्च आफैं व्यहोर्नुपर्ने भएको छ। अध्यागमन विभागका निर्देशक ईश्वरराज पौडेलले भने, ‘यो कुरा उहाँहरू आफैंले बुझ्नुपर्ने हो। बसाइँको खर्च लाग्दैन तर खाना र उहाँहरूलाई चाहिने कुरा आफैंले व्यवस्था गर्नुपर्छ।’ उनले खानाको सप्लाइ त्यहाँ खटिएका कर्मचारीले गरिदिने र त्यसको खर्च क्वारेन्टाइनमा बस्ने आफैंले व्यहोर्नुपर्ने बताए। नेपाली सेनाका अनुसार…
