Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जनकपुरधाम: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएको छ । उनले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । सामुदायिक रेडियो प्रसारक सङ्घले नवौँ विश्व रेडियो दिवसका अवसरमा मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा पनि रेडियोले महत्वपूर्ण योगदान निर्वाह गरेको उल्लेख गरे । उनले सबैको पहुँचमा रहेको प्रमुख सञ्चारमाध्यम रेडियोबाट प्रसारण हुने जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सामुदायिक रेडियोको यस अभियानमा प्रदेश सरकारसमेत सहयात्री बन्ने प्रतिबद्धता जनाए । कानून निर्माणको चरणमा रहेको…

Read More

सोलुखुम्बु: सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउछिन । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस) का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर…

Read More

डोटी: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो । विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।” विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम…

Read More

हेटौँडा: वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएको छ । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेको हो । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएको थियो । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति,…

Read More

काठमाडौँ: प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिनुहुन्छ । आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए कै कारण उहाँको शालिनता प्रष्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिनुभएको छैन । उहाँसँग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउनुहुन्छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सिधैँ आईजीमा फड्को मार्नुभएका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन, न त उहाँलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्याङ्कनमा कम अङ्क ल्याएका व्यक्ति भनेर नै भने । प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हजुर, तपाईं’ जस्ता आदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘सम्मान जनाउने अदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको छ’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘हाम्रो सञ्चार माध्यमलाई हजुर, तपाईं भन्दा साह्रै सानो भए जस्तो लाग्छ ।’ सबैलाई ‘यु’ भन्ने अंग्रेजीको नक्कल गरेर हजुरबा, हजुरआमालाई समेत ‘तिमी’ शब्द प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अरुको नक्कल गर्दा सञ्चार माध्यमहरूले ‘हाम्रो आफ्नै भाषा छ, भाषाको मर्म छ’ भन्ने बिर्सिएको गुनासो गरे ।

Read More

हेटौँडा: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताउनुभएको छ । उहाँले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताउनुभयो । आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौँडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई वाग्मती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारवाही गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन…

Read More

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका खनाललगायत प्रहरी अधिकृतहरुको आज साँझ एक समारोहका बीच बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उहाँलाई बिदाइ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिनुभयो । उहाँले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गर्नुभएको थियो । सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण हुने विधेयकहरुमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक रहेका छन् ।

Read More

काठमाडौं :  स्थान गृह मन्त्रालयको सभाहल                   समय ठिक १ बजे मंगलबार  ठिक १ बजेको थियो, गृहमा आजबाट ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टुप्लुक्क गृहको सभाहलमा झुल्किए । कार्यक्रम थियो, ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस, मुल समारोह समितिको बैठक । संगसंगैं सचिव, मुख्य सचिवलाई सलाम गर्दै, अलि हँसिलो अनि अलि अलि मलिन अन’हारमा फिसिक्क हाँसो निकाल्दै बोल्न थाले, हजुर आजबाट म जाँदैछु । आजसम्म त मै आइजी हो नी । विदा माँगे, र फेरि ठुला स्वरमा ठट्यौली पारा निकाल्दै भने – मन मनमा…

Read More